तुलसीपुर, ६ जेठ । पेशागत महासंघ दाङले स्थापना दिवसका अवसरमा तुलसीपुर ६ स्थित मानव सेवा आश्रममा खाद्यान्न सामग्री सहयोग गरेको छ । पेशागत महासंघ दाङका अध्यक्ष खिमबहादुर डाँगीको अध्यक्षता एवं तुलसीपुर उपमहानगरपालिकाका प्रमुख टीकाराम खड्काको प्रमुख आतिथ्यतामा कार्यक्रम सम्पन्न भएको हो ।

स्थापना दिवसका अवसरमा फलफूल र खाद्यान्न सामग्री नगरप्रमुख टीकाराम खड्काले हस्तान्तरण गर्नुभएको हो । कार्यक्रममा प्रमुख अतिथि खड्काले मानव सेवा आश्रमलाई दीर्घकालीनरुपमा भौतिक संरचना निर्माणका लागि आवश्यक पर्ने जग्गाका लागि पालिकाले प्रक्रिया अघि बढाएको बताउनुभयो । उहाँले मानव सेवा आश्रममा विभिन्न क्षेत्रबाट गरिएको सहयोग, सहकार्यले नै काममा संलग्न भएका व्यक्तित्वहरुको हौसला बढ्ने बताउनुभयो ।

कार्यक्रममा उपाध्यक्ष रमा आचार्यले स्वागत मन्तव्य व्यक्त गर्नुभएको थियो । कार्यक्रमको सञ्चालन सचिव ठाकुरप्रसाद खनालले गर्नुभएको थियो ।

Advertisements

प्रतिक्रिया दिनुहोस

तपाईको प्रतिक्रया लेख्नुहोस
तपाइको नाम टाइप गर्नुहोस