विमल योगी

दाङ,२२ जेठ । दाङको प्रसिद्ध धार्मिक स्थल पाण्डवेश्वर महादेव मन्दिर धारपानीमा रहेको शिव सरोवर ड्यामको तारवारका लागि उपभोक्ता समिति गठन गरिएको छ । घोराही उप–महानगरपालिकाले चालु आ.व.२०७९/०८० का लागि तारवार गर्न बिनियोजन गरेको तीन लाख ८२ हजार सात सय रुपैयाँको योजना सफल बनाउन सात सदस्सीय उपभोक्ता समिति गठन गरिएको हो ।

समितिको अध्यक्षमा गणेश कुमार अधिकारी, सचिवमा मधुमालती अधिकारी, कोषाध्यक्षमा बोधिलाल शर्मा, सदस्यहरुमा धनपती शर्मा, सरस्वती खत्री, यज्ञसरी चन्द र रेव बहादुर बुढाथोकी रहनुभएको छ । यस्तै योजना अनुगमनका लागि वडा नम्वर ५ का वडा अध्यक्ष विवेक बुढाथोकी संयोजक तथा वडा नम्वर ६ का अध्यक्ष तथा मन्दिरका सचिव विष्णुराम आचार्य र निम बहादुर चौधरी सदस्य रहेको अनुगमन समितिका गठन गरेको मन्दिरका लेखा तथा प्रशासन शाखा प्रमुख नरेश पौडेलले जानकारी दिनुभयो ।

११ बिगाह क्षेत्रफलमा फैलिएको उक्त शिव सरोवरमा अवलोकनका लागि जाने भक्तजनहरुको सुरक्षाका लागि तारवार गर्न लागिएको हो । अहिले करिव ४ विगाह क्षेत्रफलमा पानी रहेको सरोवरको बाहिरी सडका लागि ढाई बिगाह, सरोवरभित्रको आइल्याण्डका लागी ढाई बिगाह र पार्कका लागि ढाई बिगाह जग्गा छुट्याइएको छ ।

Advertisements

प्रतिक्रिया दिनुहोस

तपाईको प्रतिक्रया लेख्नुहोस
तपाइको नाम टाइप गर्नुहोस