विमल योगी

दाङ,२३ जेठ । दादुरा रुवेला खोप अभियानका वारेमा आज सौडियारमा सरोकारवालाई अभमिुखीकरण गरिएको छ । सौडियार स्वास्थ्य चौकीको आयोजनामा भएको कार्यक्रममा जनप्रतिनिधि, महिला स्वास्थ्य स्वयंसेविका, सरकारी तथा निजि बिद्यालयका शिक्षकहरु, स्वास्थ्यकर्मी,वडाका कर्मचारी लगायतको सहभागिता रहेको थियो ।

वडा अध्यक्ष खोपीराम चौधरीको अध्यक्षतामा भएको कार्यक्रममा सौडियार स्वास्थ्य चौकीका प्रमुख कुमार दुलालले दादुरा रुवेला खोप अभियान र अमनी लालिका चौधरीले दादुरा रुवेला खोपका वारेमा जानकारी दिनुभएको थियो । दादुरा रोग दाङ जिल्लामा अझै पनि देखिने क्रम नरोकिएकाले यसलाई न्यूनीकरण गर्न यही जेठ २५ गतेदेखी बिभिन्न बिद्यालय र स्वास्थ्य चौकीमा खोप केन्द्र तोकी खोप लगाउन थालिएको दुलालले जानकारी दिनुभयो । उहाँका अनुसार ६ महिना उमेर पुगेका देखी १५ बर्ष नपुगेका बालबालिकालाई खोप लगाईने छ । जस अनुसार जेठ २५ गते माता पवित्रदेवी आधारभुत बिद्यालय शुक्रवार,२६ गते ग्लोवल एक्याडमी पर्शा,२८ गते बिद्याकुञ्ज बोर्डिङ स्कुल,२९ गते मा.वि.सौडियार र ३० गते सौडियार स्वास्थ्य चौकीबाट दादुरा रुवेला विरुद्धको खोप लगाईने छ ।

सो अवसरमा बोल्दै मा.वि.सौडियारका प्रधानाध्यापक ज्ञानेन्द्र गौतमले दादुरा रुवेला विरुद्धको खोप अभियान सफल बनाउन आफ्नो तर्फबाट सहयोग गर्ने प्रतिबद्धता जनाउनुभएको थियो । कार्यक्रमको सञ्चालन वडाका कर्मचारी विमल योगीले गर्नुभएको थियो ।

Advertisements

प्रतिक्रिया दिनुहोस

तपाईको प्रतिक्रया लेख्नुहोस
तपाइको नाम टाइप गर्नुहोस