घोराही, १७ असार । लुम्बिनी प्रदेशका अर्थमन्त्री धनबहादुर मास्कीले दाङको घोराहीस्थित शहीद कृष्णसेन स्मृति बहुप्राबिधिक शिक्षालयको अवलोकन गर्नुभएको छ । शहीदका नाममा खोलिएको उक्त शिक्षालयमा हाल डिप्लोमा तथा अन्य गरी १२ वटा प्राविधिक विषयको अध्यापन भइरहेको छ ।

त्यस क्रममा प्रमुख अच्युतराज दाहालले शिक्षालयमा आवश्यक पूर्वाधार निर्माण भएकाले त्यसलाई सजावटका लागि बजेट आवश्यक रहेको बताउनुभयो । साथै स्कुल बसलगायत आवश्यक रहेको बताउनुभयो । त्यस अवसरमा मन्त्री मास्कीले अहिले प्रदेश सरकारले २० लाख रुपैँया उपलब्ध गराएको र आगामी दिनमा पनि आवश्यक बजेटको व्यवस्थापन गर्ने प्रतिबद्धता जनाउनुभयो । उहाँले राष्ट्रिय शहीदका नाममा खोलिएका शिक्षालय तथा विद्यालयहरुलाई राजनीतिक पूर्वाग्राही ढंगले नहेरी सबैलाई समान दृष्टिकोणले हेर्नुपर्ने बताउनुभयो । उहाँले शहीदको नाममा खोलिएका यस्ता शिक्षालयहरुलाई अझ शसक्त बनाउनुपर्ने समेत बताउनुभयो ।

कृष्णसेन सबै प्रदेशमा एक नमूना शिक्षालयअन्तर्गत लुम्बिनी प्रदेशको नमूना शिक्षालय रहेको सहायक प्रमुख केशरमान बिसीले बताउनुभयो । उहाँका अनुसार २०७५ सालदेखि उक्त शिक्षालय सञ्चालनमा आएको हो ।

हाल शिक्षालयमा विभिन्न विषयमा ३०८ विद्यार्थीले अध्यापन गरिरहेका छन् । शिक्षालयमा वन विज्ञान, फुड एण्ड डेरीलगायतका विषयहरु अध्यापन हुने गरेका छन् ।

Advertisements

प्रतिक्रिया दिनुहोस

तपाईको प्रतिक्रया लेख्नुहोस
तपाइको नाम टाइप गर्नुहोस