घोराही, २० असार । दाङ महिला जेसिजकी उपाध्यक्ष तथा नेकपा एमाले रोल्पाकी जिल्ला सदस्य भीमा डिसीले आफ्नो जन्मदिनको अवसरमा विद्यार्थीहरुलाई शैक्षिक तथा खेलकुद सामग्री वितरण गर्नुभएको छ ।

उहाँले जन्मदिनको अवसरमा नमुना आधारभूत विद्यालय भैसाहीका ७२ जना विद्यार्थीहरुलाई कापी, कलमलगायतका शैक्षिक सामग्री र विद्यालयलाई खेलकुद सामग्री हस्तान्तरण गर्नुभएको हो । दाङ महिला जेसिजकी अध्यक्ष नारायणी भण्डारीको अध्यक्षतामा भएको कार्यक्रममा उहाँले विद्यालय व्यवस्थापन समिति अध्यक्ष तुलप्रसाद घिमिरे र प्रधानाध्यापक योगमाया अधिकारीलाई शैक्षिक तथा खेलकुद सामग्री हस्तान्तरण गर्नुभएको थियो ।जन्मदिनमा हुने फजुल खर्चलाई सिर्जनशील कार्यमा लगाउन विद्यालयमै पुगेर सहयोग हस्तान्तरण गरिएको हो । जन्मदिन पारेर विद्यार्थी र विद्यालयलाई सहयोग उपलव्ध गराएको भन्दै विद्यालय व्यवस्थापन समितिका अध्यक्ष घिमिरे र प्रधानाध्यापक अधिकारीले शुभकामना तथा धन्यवाद ज्ञापन गर्नुभएको थियो । सो अवसरमा विद्यालय परिवारले भीमा डिसीको जन्मोत्सव सामुहिकरुपमा मनाएका थिए । कार्यक्रममा भीमाले बुवा यामप्रसाद र आमा कलावतीलाई सम्मान गर्नुभएको थियो ।

सो अवसरमा दाङ महिला जेसिजका महासचिव अर्चना शर्मा, त्रिभुवननगर जेसीजका सचिव राजन घर्ती, अनेरास्ववियुका कोषाध्यक्ष कपिल बुढाथोकीलगायतले शुभकामना व्यक्त गर्दै जन्मदिनलाई रचनात्मक बनाएको बधाई तथा शुभकामना व्यक्त गर्नुभएको थियो ।

Advertisements

प्रतिक्रिया दिनुहोस

तपाईको प्रतिक्रया लेख्नुहोस
तपाइको नाम टाइप गर्नुहोस