घोराही, २७ असार । लायन्स क्लब अफ् राप्ती इञ्जिनियरिङमा पद हस्तान्तरण गरिएको छ । लायन्स क्लब वर्ष २०२२/०२३ का अध्यक्ष मधुसूदन वैद्यको अध्यक्षता तथा लायन्स क्लब ३२५ N का एक्जुकेटिभ चिफ लायन लव अधिकारीको प्रमुख आतिथ्यतामा कार्यक्रम भएको थियो ।

कार्यक्रममा लायन्स क्लब वर्ष २०२२/०२३ का अध्यक्ष मधुसूदन वैद्यले वर्ष २०२३/०२४ का अध्यक्ष लायन शरद अधिकारीलाई पद हस्तान्तरण गर्नुभएको थियो । लायन्स क्लब राप्ती इञ्जिनियरिङमा वर्ष २०२३/०२४ का लागि प्रथम उपाध्यक्ष कर्ण पुन मगर, द्वितीय उपाध्यक्ष धनेश्वर चौधरी, तृतीय उपाध्यक्ष बाबुराम जोशी, सचिव शर्मिला दहित, कोषाध्यक्ष संगीता पुरीलाई चयन गरिएको छ ।

कार्यक्रममा बोल्दै लायन्स क्लब ३२५ एन का एक्जुकेटिभ चिफ अधिकारीले सामाजिक सेवाको क्षेत्रमा लायन्सले अनुकरणीय काम गर्दै आएको बताउनुभयो । उहाँले संसारभरका लायन्सहरु सामाजिक सेवाका लागि एकजुट हुने गरेको भन्दै नेपालमा रहेका क्लबहरुले पनि उदाहरणीय काम गरेको बताउनुभयो ।

लायन्स क्लब राप्ती इञ्जिनियरिङले छोटो अवधिमा पनि उल्लेख काम गरेर स्थापित हुने काम गरेको भन्दै अधिकारीले सामाजिक क्षेत्रमा निश्वार्थ रुपमा काम गर्नेहरुलाई लायन्समा आबद्ध गराउनुपर्ने बताउनुभयो ।

कार्यक्रममा लायन्स क्लब ३२५ एन अन्तर्गत एरिया नं. २ का चिफ डा. भीमसेन गिरीले सामाजिक कार्यका लागि लायन्सले निश्वार्थ रुपमा काम गरिरहेको बताउनुभयो । उहाँले राप्ती इञ्जिनियरिङले आफूले समाजमा फरक रुपमा स्थापित गर्दै लगेको बताउनुभयो ।

सोही अवसरमा लायन्स क्लब ३२५ एन अन्तर्गत एरिया नं. २ का कोषाध्यक्ष रेशम गिरी, लियो क्लब अफ् राप्ती इञ्जिनियरिङका अध्यक्ष ऋचा बुढाथोकीलगायतले बोल्नुभएको थियो । कार्यक्रममा नवनिर्वाचित अध्यक्ष शरद अधिकारीले आफूले एक वर्षको अवधिमा गर्न चाहेको कार्यको बारेमा जानकारी गराउनुभएको थियो । लायन्स क्लबमा रहेकाहरुलाई समेटेर सामाजिक कार्य गर्न चाहेको अधिकारीको भनाइ थियो ।

लाइन्स क्लब २०२२/०२३ का सचिव धनेश्वर चौधरी र २०२३/०२४ का सचिव शर्मिला चौधरीले सञ्चालन गर्नुभएको कार्यक्रममा राष्ट्रिय झण्डाको अभिवादन संगीता पुरीले गर्नुभएको थियो । पदस्थापनपछि राप्ती इञ्जिनियरिङ परिसरमा वृक्षरोपण गरिएको थियो ।

लियो क्लब गठन

लायन्स क्लब इन्टरनेशल डिस्ट्रिक ३२५ एन एरिया नं. २ लायन्स क्लब अफ राप्ती इञ्जिनियरिङको प्रायोजनमा लियो क्लब अफ राप्ती इञ्जिनियरिङ गठन गरिएको छ । जसको अध्यक्षमा ऋचा बुढाथोकी, प्रथम उपाध्यक्ष विजय विष्ट, द्वितीय उपाध्यक्ष मोहन भण्डारी, तृतीय उपाध्यक्ष हिमाल घिमिरे, सचिव शक्तिसिंह रोकाय, सहसचिव रोनिसा खड्का, कोषाध्यक्ष सरला हमाल र सहकोषाध्यक्ष वाचना दाहाललाई चयन गरिएको छ ।

यसैगरी सदस्यहरुमा अर्विन के.सी, सर्विस चियरपर्सन आयुष बेलबासे, मार्केटिङ कम्युनिकेशन चियरपर्सन लियो सुरवी पौड्यल, रिपोर्टिङ अफिसर अमृत रावत, सचेतक सुखदेव चौधरी, हेल्थ निर्देशके मुकेश बस्नेत, शिक्षा निर्देशक राजु गिरी, एलसिआइएफ कोडिनेटर प्रविन चौधरी, माकेर्टिङ कम्युनिकेसन को चियरपर्सन प्रकाश पुरी र क्रितिस भण्डारी, निर्देशक मानिक श्रेष्ठ, अर्जुन मण्डल, पारस बुढाथोकी र मुकेश बस्नेत रहनुभएको छ ।

Advertisements

प्रतिक्रिया दिनुहोस

तपाईको प्रतिक्रया लेख्नुहोस
तपाइको नाम टाइप गर्नुहोस