तुलसीपुर, २८ साउन । घोराही तुलसीपुर सडकखण्डअन्तर्गत आइतबार आएको बाढीका कारण भत्किएको सडक मर्मत सुरु गरिएको छ । सडकखण्डको तुलसीपुर उपमहानगरपालिका वडा नम्बर १७ फोर्टिनाइन चोकदेखि पूर्वतर्फको सुरैना चिरामा आएको बाढीले सडक भत्काएको थियो । तुलसीपुर उपमहानगरपालिका र सडक डिभिजन कार्यालयका यान्त्रिक साधन प्रयोग गरेर सडक मर्मत सुरू गरिएको छ ।

तुलसीपुर उपमहानगरपालिकाका नगरप्रमुख टीकाराम खड्काले भत्किएको सडकखण्डमै पुगेर सोमबार साँझसम्म पूर्णरूपले सञ्चालनमा आउने गरी काम गर्नका लागि निर्देशन दिनुभएको छ । नगरप्रमुख खड्काले आवश्यक पर्ने यान्त्रिक साधनपूर्णरुपले प्रयोग गरेरै भएपनि सडक सञ्चालनमा ल्याउनका लागि सहयोग गरिने बताउनुभयो ।

घोराही तुलसीपुरको सडकअन्तर्गत त्यस क्षेत्रमा अवरुद्ध भए तापनि सहायक मार्ग तुलसीपुर १८कोे दुधरास सक्राम सडकखण्डबाट यातायातका साधन सञ्चालनमा आएको तुलसीपुर उपमहानगरपालिका वडा नम्बर १८का वडा सदस्य धनबहादुर बस्नेतले जानकारी दिनुभयो ।

Advertisements

प्रतिक्रिया दिनुहोस

तपाईको प्रतिक्रया लेख्नुहोस
तपाइको नाम टाइप गर्नुहोस