विमल योगी

दाङ, ६ भदौ । दाङको धारपानीमा गत साउनमा सञ्चालित पुरुषोत्तम महात्म्य एवं श्रृङ्गारिक आरती बोलबम मासिक महामहोत्सवको आयव्यय विवरण सार्वजनिक गरिएको छ । अधिक मलमासका समयमा मात्र सञ्चालन गर्न मिल्ने महामहोत्सव गत साउन २ गतेदेखि ३१ गते सम्म सञ्चालन भएको थियो ।

महामहोत्सवमा ३१ लाख ८२ हजार नौ सय ९१ रुपैया आम्दानी र २१ लाख २६ हजार ८६ रुपैया खर्च भई १० लाख ५६ हजार नौ सय पाँच रुपैया बचत भएको आर्थिक उपसमितिका संयोजक विमल कुमार अधिकारीले जानकारी दिनुभएको छ । मन्दिरको प्रचार प्रसार, धर्म र धार्मिक आस्था थप सुढृड बनाउने उद्देश्यले आयोजित महामहोत्सवमा सबैभन्दा धेरै अन्य सहयोगबाट १९ लाख ७२ हजार तीन सय आठ रुपैया सङ्कलन भएको छ ।

यस्तै गंगा आरतीका सात लाख ८४ हजार चार सय ९० रुपैयाँ, ब्राह्मण भोजनका लागि एक लाख ८० हजार, भत्तजन प्रसादका लागि एक लाख ५० हजार र झोली दानबाट ९६ हजार एक सय ९३ रुपैया सङ्कलन भएको अधिकारीले जानकारी दिनुभयो ।

महामहोत्सवमा आरती गुरुहरुको दक्षिणा तथा बाद्यवादन कलाकार पारिश्रमिकमा ११ लाख ३३ हजार ६ सय ११ रुपैयाँ, टेन्ट तथा साउण्डसिस्टममा तीन लाख, ब्राह्मण तथा अन्य भोजनका लागि एक लाख १७ हजार सात सय १५ रुपैयाँ, आरतीका लागि कपुर, घिउ, धुप तथा अन्य पूजा सामग्री खरिदका लागि एक लाख ३४ हजार ९० रुपैयाँ, जेनेटर पेट्रोलका लागि ९३ हजार पाँच सय ७७ रुपैयाँ खर्च भएको छ ।

खानेपानी तथा मेक्सन व्याट्री खरिदका लागि ३२ हजार दुई सय ३० रुपैयाँ, भान्साका लागि भाँडावर्तन खरिदका लागि ९३ हजार दुई सय ८३ रुपैयाँ, सुरक्षाकर्मी, स्वयंसेवक खाजा नास्ता तथा सामान ढुवानीका लागि २६ हजार दुई सय ६५ रुपैयाँ, नेटको राउटर, स्टेशनरी तथा बाद्यबादनका सामग्री खरिदका लागि ४१ हजार तीन सय ७० रुपैयाँ, कलाकार सिंगार सामग्रीका लागि ४७ हजार दुई सय ८५ रुपैयाँ खर्च भएको संयोजक अधिकारीले जानकारी दिनुभयो ।

यस्तै मन्दिर सरसफाई तथा धर्मशाला व्यवस्थापनका लागि १९ हजार रुपैयाँ, बत्ती राख्ने टपरी खरिदका लागि ६ हजार एक सय १० रुपैयाँ, प्रचार सामग्री पम्पलेट छपाईका लागि १५ हजार रुपैया, पुजारी दक्षिणाका लागि १४ हजार पाँच सय रुपैयाँ, प्रशंसापत्र छपाई तथा फ्रेममा ३७ हजार पाँच सय ५० रुपैयाँ र मिडिया प्रचार प्रसारका लागि १४ हजार पाँच सय रुपैयाँ खर्च भएको छ ।

महामहोत्सवमा अन्तर्राष्ट्रिय स्वर्णपदक विभूषित पण्डित अमृतशरण देवाचार्यले पुरुषोत्तम महात्म्य प्रवचन दिनुभएको थियो । भने बनारसी कलाकारहरुको टिमले संगीतमय लिलामय प्रवचन तथा भजन सञ्चालन गरेको थियो । आफ्नै जिल्लामा पहिलो पटक आयोजना गरिएको महामहोत्सवमा पण्डित अमृतशरण देवाचार्यले स्वयंसेवी रुपमा प्रवचन दिनुभएको थियो । पैसा कमाउने भन्दा पनि धारपानी मन्दिरलाई विश्वभर परिचित गराउन सकियोस भनेर उहाँले स्वयंसेवी रुपमा प्रवचन दिएको मन्दिर व्यवस्थापन समितिका अध्यक्ष गणेश कुमार अधिकारीले जानकारी दिनुभयो ।

अत्यत्नै ठुलो भत्तजनहरुको सहभागिताकाबीच सम्पन्न भएको महामहोत्सव सफल बनाउन सहयोग गर्ने सबैमा पाण्डवेश्वर महादेव मन्दिर व्यवस्थापन समितिले सबैमा धन्यवाद ज्ञापन गरेको छ । समितिका अध्यक्ष अधिकारी र सचिव विष्णुराम आचार्यले जिल्लामै पहिलो पटक आयोजना गरिएको महोत्सवमा सहभागी हुने सम्पूर्ण भत्तजनहरुमा धन्यवाद ज्ञापन गर्दै महोत्सव सफल बनाउन सहयोग गर्ने सुरक्षाकर्मी, राजनितिक दल, विभिन्न धार्मिक तथा सामाजिक संघसंस्था, नागरिक समाज, जिल्ला प्रशासन, जिल्ला प्रहरी, ट्राफिक प्रहरी, अस्थायी प्रहरीपोष्ट धारपानी, जनप्रतिनिधि तथा सांसदहरु, विभिन्न उपसमितिका सदस्यहरु, मन्दिरका कर्मचारी तथा पुजारी लगायत सबैमा आभार प्रकट गर्नुभएको छ ।

Advertisements

प्रतिक्रिया दिनुहोस

तपाईको प्रतिक्रया लेख्नुहोस
तपाइको नाम टाइप गर्नुहोस