दाङ, ६ असोज । नेपाल निजामती कर्मचारी संगठन दाङको बृहत् भेला शनिबार तुलसीपुरमा सम्पन्न भएको छ । जिल्ला कार्यसमिति दाङको आयोजना र तुलसीपुर नगर कमिटीको व्यवस्थापनमा तुलसीपुरमा कार्यक्रम सम्पन्न भएको हो ।

संगठनको जिल्ला अध्यक्ष शेर बहादुर के.सी.को अध्यक्षता एवं लुम्बिनी प्रदेश कमिटी सदस्य प्रदीप कुमार वलीको प्रमुख आतिथ्यतामा भएको कार्यक्रममा स्थानीय सेवा ऐन, संगठन सुदृढीकरण, बुलेटिन प्रकाशन, विभिन्न रचनात्मक कार्यक्रम सञ्चालन आदि विषयमा व्यापक छलफल भएको थियो ।

कार्यक्रममा संगठनका अग्रज संगठकहरु, केन्द्रीय, प्रदेश, जिल्ला तथा पालिका कमिटी (तुलसीपुर, दंगिशरण, बबई र शान्तिनगर) का कर्मचारीको उलेख्य सहभागिता रहेको थियो । स्थानीय तहमा कार्यरत कर्मचारीहरु माझमा दर्जनौँ समस्याहरु भइरहेको साथै संघ, प्रदेश र स्थानीय तहमा कार्यरत कर्मचारीबीच विभेद भएको सन्दर्भमा ती समस्याहरु समाधान गर्नेगरी ऐन ल्याउनको लागि बृहत् दबाबमूलक कार्यक्रम अगाडि बढाउने, पालिकास्तरबाट संगठन सुदृढीकरण अभियान सञ्चालन गर्ने, चौमासिक रुपमा बुलेटिन प्रकाशन गर्ने लगायतका निर्णय भएको संगठनका जिल्ला सचिव बाबुराम न्यौपानेले जानकारी दिनुभयो ।

कर्मचारीको हकहित तथा विभिन्न रचनात्मक क्रियाकलापमा अग्रपङ्तिमा रहेको नेपाल निजामती कर्मचारी संगठनको भेलाले वार्षिक कार्ययोजना पनि स्वीकृत गरेको छ ।

Advertisements

प्रतिक्रिया दिनुहोस

तपाईको प्रतिक्रया लेख्नुहोस
तपाइको नाम टाइप गर्नुहोस