रुकुममा भूकम्पले भत्किएको घर

दाङ, १८ कार्तिक । जाजरकोटको लामिडाँडा केन्द्रबिन्दु भएर शुक्रबार राती भूकम्प गएको छ। सो भूकम्प दाङ लगायत देशैभरका विभिन्न जिल्लामा महसुस भएको थियो।

राती ११ बजेर ४७ मिनेट जाँदा जाजरकोटको रामिडाँडा केन्द्रबिन्दु भएर ६.४ रेक्टर स्केलको भूकम्प गएको खानी तथा भूगर्भ विभाग राष्ट्रिय भूकम्प मापन केन्द्रले जनाएको छ। भूकम्पबाट जाजरकोट, रुकुमलगायतका जिल्लाका घरहरुमा क्षति पुगेको प्रारम्भिक विवरण प्राप्त भएपनि थप क्षतिको विवरण आउन बाँकी छ।

Advertisements

प्रतिक्रिया दिनुहोस

तपाईको प्रतिक्रया लेख्नुहोस
तपाइको नाम टाइप गर्नुहोस