घोराही, ७ मंसिर । नेकपा एमाले दाङले भुकम्प प्रभावित क्षेत्र रुकुमपश्चिमका विभिन्न टोलमा अस्थायी टहरा निर्माण थालेको छ । भुकम्पका कारण रुकुमपश्चिमको आठविसकोट नगरपालिकामामात्रै ३१ जनाको ज्यान गएको छ भने ठूलो धनजनको क्षति भएको छ ।

विपतका बेला भुकम्पपीडितहरुलाई राहत वितरण गरेको एमाले दाङले स्वयंसेवक पठाएर अस्थायी टहरा निर्माण पनि थालेको छ । एमालेका दाङका सचिव मनोहर बुढाथोकीको नेतृत्वमा रुकुमपश्चिमको आठविसकोट नगरपालिका–१४ ज्यामिरेकोट टाकुरा पुगेको स्वयंसेवक टोलीले विहीवारदेखि निर्माणको काम थालेको छ ।


स्वयंसेवक टोलीले भुकम्पले क्षतविक्षत भएको जनविकास मावि टाकुराको क्षतिग्रस्त सामग्री उठाउने र अस्थायी टहरा निर्माण गरी तत्कालै बालवालिकालाई पठनपाठनका लागि वातावरण बनाउनेगरी काम थालेको एमाले दाङका सचिव मनोहर बुढाथोकीले जानकारी दिनुभयो । उहाँकाअनुसार पार्टी नेतृत्वमा युवा संघ दाङ, अखिल नेपाल महिला संघ दाङ, अखिल नेपाल विद्यार्थी युनियन दाङ, मगर संघ, थारु संघलगायतका पाटी जनसंगठनका प्रमुख तथा प्रतिनिधिहरु पुननिर्माणमा सहभागि भएका छन ।

सवैभन्दा पहिले विद्यालयमा अस्थायी टहरा निर्माण सक्ने र त्यसपछि स्थानीय भुकम्पपीडितहरुको अस्थायी घर निर्माण गरिनेछ । झण्डै एक हप्तासम्म पहिलो टोलीले श्रमदान गर्ने र त्यसपछि फेरि दाङबाट अर्को टोली पुगेर निर्माणमा लाग्ने एमाले दाङले जनाएको छ । यसअघि पनि बुढाथोकीकै नेतृत्वमा २०७२ सालको भुकम्पका क्रममा सिन्धुपाल्चोक पुगेर एमाले दाङले पुनर्निर्माणको काम गरेको थियो ।

Advertisements

प्रतिक्रिया दिनुहोस

तपाईको प्रतिक्रया लेख्नुहोस
तपाइको नाम टाइप गर्नुहोस