दाङ, २० मंसिर । घोराही उपमहानगरपालिका वडानं. १६ सर्रास्थित ज्ञानमाला एकेडेमीको १६ औं वार्षिकोत्सव तथा अभिभावक दिवस सोमबार सम्पन्न भएको छ । विद्यालय व्यवस्थापन समिति अध्यक्ष चिजबहादुर चौधरीको अध्यक्षता र निजी तथा आवासीय विद्यालय अर्गनाइजेसन नेपाल (प्याव्सन) का केन्द्रीय सचिव यादव गिरीको प्रमुख आतिथ्यमा कार्यक्रमम सम्पन्न भएको थियो ।

कार्यक्रमलाई सम्बोधन गर्दै प्रमुख अतिथि गिरीले व्यवहारीक र जीवनोपयोगी शिक्षा अहिलेको आवश्यकता भएको बताउनुभयो । युवाहरु विदेश पलायन भैरहेको अवस्थामा युवालाई स्वदेशमै स्वरोजगार बनाउने खालको शिक्षा दिन आवश्यक रहेको उहाँले बताउनुभयो । यसका लागि राज्यले प्रभावकारी कार्यक्रम ल्याउनुपर्ने धारणा गिरीले व्यक्त गर्नुभयो । शिक्षित जनशक्तिलाई राज्यले उचित अवसर दिनुपर्ने विचार उहाँले व्यक्त गर्नुभयो ।कार्यक्रमका विशिष्ट अतिथि घोराही उपमहानगरपालिका वडा नं. १६ का अध्यक्ष ताराबहादुर डाँगीले शिक्षामा सबैको समान पहुँच हुन आवश्यक रहेको धारणा व्यक्त गर्नुभयो । यस्तै विशिष्ट अतिथि प्याव्सन घोराही उपमहानगर कमिटी अध्यक्ष वीरेन्द्र चन्दले विद्यार्थीको भविष्य विद्यालयको हातमा मात्रै नभएर अभिभावकको जिम्मेवारीमा पनि निर्भर हुने विचार व्यक्त गर्नुभयो । कार्यक्रममा नेपाल पत्रकार महासंघ दाङ शाखा अध्यक्ष दुर्गालाल केसीले शिक्षाले मानिसको जीवन परिवर्तन गर्न भूमिका खेल्नुपर्ने विचार व्यक्त गर्नुभएको थियो ।

कार्यक्रममा पूर्व प्रिन्सिपल भुवन चौधरी, शहरी स्वास्थ्य केन्द्र घोराही–१६ करौँतीडाँडा, विद्यालयलाई कम्प्युटर सौजन्य गर्ने सरस्वती खड्का र विनोद केसीलाई सम्मान गरिएको थियो । यसैगरी उत्कृष्ट शिक्षकका रुपमा रुपक नेपाली, सर्वोत्कृष्ट अभिभावकका रुपमा अस्मिता भण्डारी र सिर्मा गुरुङलाई पनि सम्मान गरिएको थियो ।

कार्यक्रममा वर्ष सर्वोत्कृष्ट विद्यार्थी स्मारिका चौधरी, वर्ष उत्कृष्ट अनुशासित विद्यार्थी आरजु चौधरी, सामाजिकरुपमा सक्रिय वर्ष उत्कृष्ट विद्यार्थी विवेक श्रेष्ठ र जेहेन्दार विद्यार्थी मनिका लामिछानेलाई सम्मान गरिएको थियो । यस्तै पूर्व प्रावि तहतर्फ वर्ष उत्कृष्ट सरसफाईयुक्त विद्यार्थी शिरिषा योगी र प्राथमिकततर्फ वर्ष उत्कृष्ट सरसफाईयुक्त विद्यार्थी एलिना चौधरीलाई सम्मान गरिएको थियो ।कार्यक्रममा विद्यालयका प्रिन्सिपल महेश बस्नेतले विद्यालयको प्रगति विवरण र आगामी योजनाहरु प्रस्तुत गर्नुभएको थियो । विद्यालयकी कार्यक्रम संयोजक विमला केसीको स्वागत मन्तव्यबाट शुरु भएको कार्यक्रमको सहजीकरण विद्यार्थी अदिती केसी र शिक्षक बिजेन्द्र कार्कीले गर्नुभएको थियो ।

Advertisements

प्रतिक्रिया दिनुहोस

तपाईको प्रतिक्रया लेख्नुहोस
तपाइको नाम टाइप गर्नुहोस