घोराही, १५ भदौ । घोराही उपमहानगरपालिका वडा नं. १६ सर्रास्थित ज्ञानमाला एकेडेमीमा हाजिरीजवाफ र हिसाब दौड प्रतियोगिताहरु सम्पन्न भएका छन् । विद्यालयको नियमित शुक्रबारीय अतिरिक्त क्रियाकलाप अन्तर्गत आज अन्तर्सदनात्मक हाजिरीजवाफ प्रतियोगिताहरु कक्षा १ देखि ५ सम्म र कक्षा ६ देखि १० सम्म र पूर्व प्राथमिक तहको हिसाब दौड प्रतियोगिताहरु सम्पन्न भएका हुन् ।प्राथमिक तह अन्तर्गतको हाजिरीजवाफ प्रतियोगितामा यल्लो हाउसका शान्ति नेपाली (कक्षा ५), अनिता सुनार (कक्षा ४), प्रिन्सा ओली (कक्षा ३), कुश कुवर (कक्षा २) र पुर्णिमा गुरुङ (कक्षा १)     प्रथम भएका छन् भने ब्लु हाउसका मोनिका लामिछाने (कक्षा ५), राधिका बुढा (कक्षा ४), इच्छा थापा (कक्षा ३), दिपाशु नेपाली (कक्षा २) र हेमन्त उपाध्याय (कक्षा १) द्वितीय भएका छन् ।

यसैगरी कक्षा ६ देखि १० सम्मको अन्तर्सदनात्मक हाजिरीजवाफ प्रतियोगितामा ब्लु हाउसका निशा भण्डारी (कक्षा १०), शिरिष केसी (कक्षा ९), स्मारिका चौधरी (कक्षा ८), प्रणित रिजाल (कक्षा ७), चेतना आचार्य (कक्षा ६)  प्रथम भएका छन् । उक्त तहको हाजिरीजवाफ प्रतियोगितामा रेड हाउसका मनिष गुप्ता (कक्षा १०), बेबिका श्रेष्ठ (कक्षा ९), अदिती केसी (कक्षा ८), श्रीया पुन (कक्षा ७), अथर्बमान श्रेष्ठ (कक्षा ६)  द्वितीय भएका छन् ।यसैगरी, पूर्व प्राथमिक तहका विद्यार्थीहरुका लागि हिसाब दौड प्रतियोगिता सम्पन्न आजै सम्पन्न भएका छन् । कक्षा नर्सरीको हिसाब दौड प्रतियोगितामा बिकिशा केसी प्रथम, आभाष डाँगी द्वितीय र सन्ध्या राना तृतीय भएका छन् । यसैगरी, कक्षा एल्.के.जी. र यु.के.जी.को संयुक्त हिसाब दौड प्रतियोगितामा कक्षा एल्.के.जी. (बि) का नबिता कालाथोकी प्रथम, यु.के.जी.का सक्सेस राई र सञ्जु भण्डारी क्रमशः द्वितीय र तृतीय भएका छन् । विजय छात्रछात्राहरुलाई कार्यक्रम पश्चात पुरस्कार प्रदान गरिएको छ ।

विद्यालयले विद्यार्थीहरुको सर्वाङ्गीन विकासका लागि नियमित शुक्रबारीय अतिरिक्त क्रियाकलापहरु गर्दै आएको छ । अतिरिक्त क्रियाकलापहरुलाई विद्यालयले कक्षागत, तहगत र अन्तर्सदनात्मक क्षेत्रमा विभाजन गरि प्रतियोगिताहरु सञ्चालन गर्दै आएको विद्यालयका प्रिन्सिपल महेश बस्नेतले बताउनु भयो ।

अतिरिक्त क्रियाकलापसँगै विभिन्न अवसरमा विद्यालयमा गठित बाल क्लव, जुरेस र किशोरी समुहको सहकार्यमा सामाजिक तथा मानव सेवाका गतिविधिहरु समेत सञ्चालन गरिदै आएको विद्यालयकी कार्यक्रम संयोजक बिमला केसीले बताउनुभयो ।

Advertisements

प्रतिक्रिया दिनुहोस

तपाईको प्रतिक्रया लेख्नुहोस
तपाइको नाम टाइप गर्नुहोस