घोराही, ९ माघ । घोराही उपमहानगरपालिकाका प्रमुख नरुलाल चौधरीले घोराही उपमहानगरपालिकालाई लैंगिक हिंसा नियन्त्रित उपमहानगर बनाउने अभियानमा आफूहरु लागेको बताउनु भएको छ ।
घोराही उपमहानगरपालिकाको न्यायिक समितिले चालु आर्थिक वर्षको छ महिनाको प्रगति सार्वजनिक गर्न आयोजित पत्रकार सम्मेलनमा बोल्दै मेयर चौधरीले सभ्य समाज निर्माणका लागि हिंसा नियन्त्रण जरुरी रहेको बताउनुभयो ।

न्यायिक समितिले नागरिकका सानातिना विवाद छिटो छरितो समाधान गर्नेतर्फ काम गरिरहेको उल्लेख गर्दै उहाँले वाटो, कुलो पानी, साँध सिमाना भन्दा लैंगिक विभेदको समस्या मुख्य समस्याका रुपमा रहको बताउनुभयो । साँध सिमाना, कुलो पानीको समस्या ठूलो कुरा होइन चौधरीले भन्नुभयो– घोराही उपमहानगरलाई सभ्य र समृद्ध बनाउन लैंगिक हिंसा नियन्त्रित नगर बनाउन जरुरी छ । यो अभियानमा पत्रकारहरुको झन ठूलो भूमिका छ । उहाँले सभ्य उपमहानगर बनाउन लैंगिक विभेद चूनौतिको रुपमा रहेको समेत बताउनुभयो ।

४५ विवाद फछ्र्यौट

घोराही उपमहानगरपालिकाको न्यायिक समितिले वितेको छ महिनामा ४५ वटा विवाद मिलापत्र गरेको छ । आयोजित पत्रकार सम्मेलनमा घोराही उपमहानगरपालिकाका उपप्रमुख तथा न्यायिक समितिका संयोजक हुमाकुमारी डिसीले चालु आर्थिक वर्षको छ महिनामा जिम्मेवारी सरेका र नयाँ दर्ता भएका ९७ विवादमध्ये ४५ वटा विवाद फछ्र्यौट गरेको र ५२ विवाद प्रक्रियामा रहेको जानकारी दिनुभयो ।

उहाँले ९७ मध्ये ३३ वटा त गत आर्थिक वर्षका विवाद जिम्मेवारी सरि आएको बताउनुभयो । उहाँले न्यायिक समितिलाई हरेक विवाद ३ महिनाभित्र टुंग्याउने कार्यादेश रहेको तर मिलापत्र गराउने न्यायिक समितिको लक्ष भेटाउन समय लागेको बताउनुभयो । तर केही पक्षहरु पनि निवेदन दिएर छलफलमै नआउदा समस्या भएको उहाँले बताउनुभयो ।

Advertisements

प्रतिक्रिया दिनुहोस

तपाईको प्रतिक्रया लेख्नुहोस
तपाइको नाम टाइप गर्नुहोस