दाङ, माघ १४ । नेपाल शिक्षक संघ महिला विभाग दाङको आयोजनामा महिला शिक्षकका लागि “शिक्षण सिकाइमा सूचना प्रविधिको प्रयोग विषयमा“ एक दिने अभिमुखीकरण कार्यक्रम सम्पन्न भएको छ । नेपाल शिक्षक संघ महिला विभाग दाङका सचिव लक्ष्मी न्यौपानेको सभापतित्व तथा नेपाल शिक्षक संघ लुम्बिनी प्रदेशका संस्थापक अध्यक्ष एवम् नेपाली काँग्रेस दाङका सचिव अर्जुनकुमार योगीको प्रमुख आतिथ्यतामा कार्यक्रम भएको थियो ।

तालिम उद्घाटन समारोहमा नेपाल शिक्षक संघ संघीय कार्यसमितिका पूर्व वरिष्ठ उपाध्यक्ष गोविन्दप्रसाद न्यौपाने, निवर्तमान उपाध्यक्ष अमर बहादुर खड्का, महिला विभाग लुम्बिनी प्रदेश संयोजक सीता गौतम, नेपाल शिक्षक संघ दाङ अध्यक्ष प्रकाश डाँगी, नेपाल शिक्षक महासंघ दाङ अध्यक्ष युवराज बस्नेत, नेपाल शिक्षक संघ लुम्बिनी सदस्य लेबेन्द्र केसी, शान्ति सुवेदी लगायतको शुभकामना व्यक्त गर्नुभएको थियो ।नेपाल शिक्षक संघको इतिहास, यसको वर्तमान नेतृत्व र यसको पहलमा शिक्षकले प्राप्त गरेका उपलब्धी विषयमा अर्जुनकुमार योगी, शिक्षण सिकाइमा सूचना प्रविधिको प्रयोग, पाठ्यक्रम विकास केन्द्रको आधिकारिक website चलाउन आवश्यक पर्ने ज्ञान, विशिष्टीकरण तालिकाको प्रयोग आदि बिषयमा शिक्षा महाशाखा तुलसीपुरका अधिकृत मनबहादुर खड्का र नेपाल शिक्षक संघभित्र महिलाको अवस्था विषयमा लक्ष्मी न्यौपानेले सहजीकरण गर्नुभएको थियो ।

कार्यक्रममा नेपाल शिक्षक संघ दाङ महिला विभाग सदस्य विमला उप्रेतीको शुभकामना मन्तव्य एवम् सहसचिव अर्थ देवकुमारी चौधरीले धन्यवाद दिनुभएको थियो भने कार्यक्रमको सञ्चालन महिला विभाग सदस्य सीता शर्माले गर्नुभएको थियो ।

Advertisements

प्रतिक्रिया दिनुहोस

तपाईको प्रतिक्रया लेख्नुहोस
तपाइको नाम टाइप गर्नुहोस