तुलसीपुर, १९ माघ । दाङको तुलसीपुर ११ प्रिगाउँमा रहेको महेश्वर शिव मन्दिरमा धानधान्यञ्चल सप्ताह ज्ञान महायज्ञ सञ्चालन भइरहेको छ । शिव मन्दिर व्यवस्थापन समितिको आयोजनामा माघ १८ गतेदेखि महायज्ञ सञ्चालन भइरहेको हो ।

महायज्ञ माघ २५ गतेसम्म सञ्चालन हुने महायज्ञ मुल आयोजक समितिका संयोजक होमप्रसाद गौतमले जानकारी दिनुभएको छ । शिव पञ्चायन मन्दिर निर्माण तथा महेश्वर शिव मन्दिर निर्माणका लागि महायज्ञ सञ्चालन भइरहेको मुल आयोजक समितिले जानकारी दिएको छ ।

महायज्ञको तुलसीपुर ११ का वडाध्यक्ष तथा सामाजिक विकास समितिका संयोजक मानबहादुर रावतले उद्घाटन गर्नुभएको हो । माघ २५ गतेसम्म सञ्चालन हुने महायज्ञबाट पच्चीस लाख नगद सङ्कलन गर्ने लक्ष्य रहेको मुल आयोजक समितिका संयोजक होमप्रसाद गौतमले जानकारी दिनुभएको छ । पण्डित कोमल आचार्यले कथा बाचन गर्ने महायज्ञमा स्थानीयको व्यापक सहभागीता रहेको छ ।

यसैबीच महायज्ञको दास्रो दिन तुलसीपुर ५ निबासी मेघराज रेउले र टोपबहादुर घर्ती मगरले नगद दान गर्नुभएको छ । महायज्ञस्थल पुगेर रेउलेले ५१ हजार एक सय ५ रुपैया दान गर्नुभएको महायज्ञ मुल आयोजक समितिका निर्देशक खिमबहादुर वलीले जानकारी दिनुभयो । यस्तै तुलसीपुर ५ निबासी ब्यबसायी टोपबहादुर घर्तीले २१ हजार एक सय ११ रुपैया दान गर्नुभएको छ ।

यस्तै तुलसीपुर १९ निबासी ब्यबसायी मोहन घर्तीले पाँच हजार एक सय दान गर्नुभएको छ । महायज्ञमा दानबीरको दैनिक सहभागीता हुने गरेको मुल आयोजक समितिका संयोजक होमप्रसाद गौतमले जानकारी दिनुभयो ।

Advertisements

प्रतिक्रिया दिनुहोस

तपाईको प्रतिक्रया लेख्नुहोस
तपाइको नाम टाइप गर्नुहोस