दाङ, माघ २० । प्रेस चौतारी नेपालका केन्द्रीय उपाध्यक्ष सविन प्रियासनले सञ्चार क्षेत्रको विकासका लागि राज्यले उचित नीति बनाउनुपर्ने बताउनुभएको छ । प्रेस चौतारी नेपाल दाङको बिस्तारित भेलालाई सम्बोधन गर्दै उपाध्यक्ष प्रियासनले भन्नुभयो, ‘सञ्चार क्षेत्रको विकासका लागि राज्य उदासिन बन्दै आएको छ । तीनै तहका सहकारले सञ्चार क्षेत्रको विकासका लागि नीति बनाउनुपर्दछ ।’
मुलुकको परिवर्तनका लागि भूमिका खेलेका सञ्चारमाध्यमहरु दिन प्रतिदिन धरासायी बन्दै गएको भन्दै प्रियासनले सञ्चार क्षेत्र कमजोर हुँदा राज्य नै कमजोर हुने दावी गर्नुभयो । पत्रकारिता मर्यादित पेशा रहेको भन्दै उहाँले पेशागत मर्यादा कायम गर्दै नागरिकको सुचनाको प्रत्याभूति दिलाउनतर्फ लाग्न सबैलाई आग्रह गर्नुभयो । ‘मुलुकको परिवर्तनमा भूमिका खेलेका सानो लगानीका सञ्चारमाध्यमहरु परिवर्तीत सन्दर्भमा कमजोर र धरासायी बन्दै गएका छन्’, उपाध्यक्ष प्रियासनले भन्नुभयो, ‘पत्रकारिताको मर्यादा कमजोर बन्दै गइरहेको छ । यसलाई बचाउन स्वयं लाग्नुपर्दछ ।’
जिल्ला उपाध्यक्ष सुधासुमन ढकालको स्वागत मन्तव्यबाट भएको कार्यक्रममा केन्द्रीय सचिव एवं प्रदेश इञ्चार्ज प्रदिप आचार्य, केन्द्रीय निर्वाचन आयोगका अध्यक्ष गणेश खनाल, नेकपा (एमाले) दाङका कार्यवाहक अध्यक्ष राममणि पाण्डे, सचिव मनोहर बुढाथोकी, प्रेस चौतारी नेपालका प्रदेश सहइञ्चार्ज टीका बस्नेत, दाङका इञ्चार्ज अमृत गिरी, रोल्पा–रुकुम इञ्चार्ज गणेश आचार्य, नेकपा (एमाले) प्रेस चौतारी विभाग संगीत बस्याललगायतले बोल्नुभएको थियो ।

अध्यक्षमा राम्जा

प्रेस चौतारी नेपाल दाङको अध्यक्षमा प्रेमबहादुर राम्जा निर्वाचित हुनुभएको छ । शनिबार सम्पन्न बिस्तारित भेलाले राम्जालाई अध्यक्षमा निर्वाचित गरेको हो । २७ सदस्यीय कमिटीको उपाध्यक्षमा सुधासुमन ढकाल, महिला उपाध्यक्षमा दीप्तीशिखा चौधरी, सचिवमा किरण गौतम, कोषाध्यक्षमा गोकर्ण पौडेल, सहसचिवमा एकराज भण्डारी र चन्द्रप्रकाश नेपाली निर्वाचित हुनुभएको छ ।
त्यसैगरी समितिको सदस्यमा माधव कँडेल, वसन्त परियार, रमा नेपाली, नीता चौधरी, अभिषेख डाँगी, उत्तम अधिकारी, अर्जुन परियार, हिमाल विश्वकर्मा, कपिलमणि लामिछाने, जीवन अधिकारी, महेश बस्नेत, हिमाल खड्का, चेतन वली, लक्ष्मी पोख्रेल, रामप्रसाद सुवेदी, प्रेमकुमारी बुढामगर, सुरक्षा चौधरी, निशा चौधरी, ललित कुमाल र वर्षा केसी रहनुभएको छ । 

तुलसीपुर घोषणा पत्र

प्रेस चौतारी नेपालको २६ औं स्थापना दिवसको अवसरमा २०८० माघ २० गते प्रेस चौतारी दाङको तुलसीपुरमा सम्पन्न बिस्तारित भेलाले जारी गरेको घोषणापत्र ।
१) पछिल्लो समय सञ्चारमाध्यममा देखिएको आर्थिक संकट अन्त्य गरी सञ्चारमाध्यमको दिगोपनका लागि प्रभावकारी कदम चाल्न सरकारसँग माग गर्दछौं । साथै आर्थिक संकटको नाममा श्रमजीवी पत्रकाहरुलाई सञ्चारमाध्यमबाट हटाउने कामहरु नगर्न सम्पूर्ण सञ्चार माध्यमलाई हार्दिक अनुरोध गर्दै श्रमजीवी पत्रकाहरुको पेशागत सुरक्षाको ग्यारेन्टी गर्न माग गर्दछौं ।
२) सञ्चार माध्यमको विकासका साथै पत्रकारहरुको क्षमता र बृत्ति विकासको कामहरु सञ्चालन गर्न सबै तहका सरकारसँग माग गर्दछौं ।
३) पत्रकार आचारसंहिता र पत्रकारिताका मूल्य मान्यतालाई अनुशरण गरेर पत्रकारको पेशागत जिम्मेवारी निर्वाह गर्न सम्पूर्ण पत्रकारहरुलाइ अग्रह गर्दछौं ।
४) लुम्बिनी प्रदेशको राजधानी कार्यान्वयनसँग जोडिएको पूर्वाधार विकासलगायत सम्पूर्ण कामहरु यथासिघ्र सम्पन्न गरी संघीयता कार्यान्वयनमा प्रभावकारी भूमिका खेल्न सरकारसँग आग्रह गर्छाैं ।
५) तुलसीपुरमा रहेको टरिगाउँ एयर्पाेटमा नियमित हवाइ उडानको व्यवस्था गरी विमानस्थलको स्तरोन्नति गर्न सरकारसँग आग्रह गर्दछौं ।
Advertisements

प्रतिक्रिया दिनुहोस

तपाईको प्रतिक्रया लेख्नुहोस
तपाइको नाम टाइप गर्नुहोस