दाङ, २८ माघ । नेकपा एमाले दाङले पहाडी क्षेत्र बङगलाचुलीमा प्रशिक्षक प्रशिक्षण चलाएको छ । पार्टी संगठनलाई मजबुत बनाउन र नयाँ पुस्तालाई पार्टीमा गोलवन्द गर्न एमालेले प्रशिक्षण थालेको हो ।

दाङ जिल्लाका १० वटै स्थानीय तहहरुमा सञ्चालन गरिने प्रशिक्षण कार्यक्रमको सुरुवात बङलाचुलीबाट गरिएको स्कुल विभागले जनाएको छ । नेकपा एमाले दाङ स्कुल विभागको आयोजना तथा एमाले बङगलाचुली गाउँ कमिटीको व्यवस्थापनमा दुईदिन प्रशिक्षक प्रशिक्षण गरिएको हो ।

माघ २६ र २७ गते भएको प्रशिक्षणमा बोल्दै एमाले पोलिट्व्यूरो सदस्य नरुलाल चौधरीले नेकपा नकपा एमालेका नेता कार्यकतौहरु बैचारिक र सैद्धान्तिक हिसाबले अरुभन्दा फरक हुनुपर्ने बताउनुभयो ।

पार्टी स्पष्ट कार्यनीति र कार्यदिशाका साथ अगाडि बढेको उल्लेख गर्दै प्रमख अतिथी चौधरीले राष्ट्रको समृद्धिको लागि मिसन २०८४ लाई केन्द्रबिन्दुमा राखेर काम गर्न निर्देशन समेत दिनुभयो ।

प्रशिक्षण कार्यक्रममा दाङको समग्र विकासको बारेमा पोलिटब्युरो सदस्य नरुलाल चौधरी, दाङको कम्युनिष्ट आन्दोलनको इतिहास बारे जिल्ला सचिब मनोहर बुढाथोकी, जबजको बारेमा प्रदेश कमिटी सदस्य सुरामणि बेल्बासे, राजनीति पार्टीहरुको तुलनात्मक अध्ययन बारे केन्द्रिय स्थानीय तह बिभाग सदस्य विकिरण गौतम,

पार्र्टी संचालन र लेनिनवादी संगठनात्मक पद्धति बारे सचिवालय सदस्य तथा दाङ स्कुल बिभाग प्रमुख बिबेक श्रेष्ठ, माक्र्सवादी दर्शनको बारेमा प्रदेश कमिटी सदस्य तिरण गौतम, नेतृत्व शैली र बैठक संचालनबारे स्कुल बिभाग सदस्य विनोद केसी र पार्टीले सञ्चालन गरेको एप्सको प्रयोगबारे कार्यलय सचिब युवराज ज्ञवालीले प्रशिक्षण दिनुभएको थियोे ।

प्रशिक्षणको समापन गाउपालिका कमिटी अध्यक्ष यमुना थापा घर्तीको अध्यक्षता तथा एमाले दाङका अध्यक्ष हुकुमबहादुर बस्नेतको प्रमुख आतिथ्यमा सम्पन्न भएको थियो । तालिमका सहभागीहरुलाई प्रमाणपत्र समेत बितरण गरिएको थियो भने तालीमको समग्र सहजीकरण स्कुल बिभाग सदस्य विनोद केसीले गर्नुभएको थियो ।

Advertisements

प्रतिक्रिया दिनुहोस

तपाईको प्रतिक्रया लेख्नुहोस
तपाइको नाम टाइप गर्नुहोस