तुलसीपुर, ४ फागुन । तुलसीपुर उपमहानगरपालिकाका नगर प्रमुख टीकाराम खड्काले  पहिचानका लागि खेलकुद आवश्यक रहेकाे बताउनुभएकाे छ । प्याब्सन तुलसीपुर  उपमहानगरपालिकास्तरीय समितिले आयाेजना गरेकाे आधारभूत विद्यालयस्तरीय प्रतियाेगिताकाे बेलझुण्डी रङ्गशालामा आयाेजना गरिएकाे कार्यक्रमकाे उद्घाटन गर्दै नगर प्रमुख खड्काले स्वास्थ्यका लागि,राष्ट्रका लागि साथै पहिचानका लागि खेलकुद रहेकाे बताउनुभयाे । उहाँले खेलले मानिसलाई अनुशासित तुल्याउने बताउनुभयाे ।

प्याब्सन नगर समितिका अध्यक्ष गिरिराज डाँगीकाे अध्यक्षता एवम् नगर प्रमुख टीकाराम खड्काकाे प्रमुख आतिथ्यतामा सम्पन्न कार्यक्रममा प्याब्सनका केन्द्रीय सचिव यादव गिरी, नगर प्रवक्ता माधव वलीलगायतका वक्ताहरूले मन्तव्य व्यक्त गर्नुभएकाे थियाे । प्रतियाेगितामा फुटबल र एथलेटिक्सतर्फका खेलहरू समावेश गरिएका छन् । प्रतियोगितामा २८ वटा संस्थागत विद्यालयहरुकाे सहभागिता रहेकाे छ ।

Advertisements

प्रतिक्रिया दिनुहोस

तपाईको प्रतिक्रया लेख्नुहोस
तपाइको नाम टाइप गर्नुहोस