दाङ, २२ चैत । अदालतप्रति स्थानीयको विश्वास जागृत गर्ने उद्देश्यले तुलसीपुर १८ हेमन्तपुरमा समुदायमा सरकारी वकिल कार्यक्रम सम्पन्न भएको छ । उच्च अदालत तुलसीपुर र उच्च सरकारी वकिल कार्यालय तुलसीपुरको संयुक्त आयोजनामा कार्यक्रम भएको हो । अदालतका कामकारबाही सम्बन्धमा नागरिकहरुलाई जानकारी गराउने र अदालतप्रति आम नागरिकको विश्वास पैदा गर्ने उद्देश्यले कार्यक्रमको आयोजना गरिएको हो ।

कार्यक्रममा स्थानीय जनप्रतिनिधि, स्थानीय मेलमिलापकर्ता, टोल विकास संस्थाका प्रतिनिधिहरु र नागरिक अगुवाहरुको सहभागिता रहेको थियो । उच्च अदालत तुलसीपुरका मुख्य न्यायाधीश नित्यानन्द पाण्डेयको अध्यक्षतामा कार्यक्रम सम्पन्न भएको थियो । कार्यक्रममा सहभागीले राखेको जिज्ञासाको जवाफ दिँदै मुख्य न्यायाधीश पाण्डेयले अदालतप्रति जनताको विश्वास जगाउनका लागि स्थानीय तहमा छलफल र बहसको आयोजना गरेको बताउनुभयो । जनताको बिश्वास जित्न अदालत प्रशासन प्रयासमा रहेको मुख्य न्यायधिस पाण्डेयले बताउनुभयो ।

कार्यक्रममा रजिष्ट्रार खड्गराज अधिकारी र सहन्यायाधिवक्ता मोहनसागर बस्यालले कार्यपत्र प्रस्तुत गर्नुभएको थियो । कार्यक्रममा उच्च अदालत तुलसीपुरका न्यायाधीश राजुराम सिलवाल, अचुतमकुमार आचार्य, विष्णुप्रसाद अर्याल तुलसीपुर उपमहानगरपालिकाका उपमेयर तथा न्यायिक समिति संयोजक स्यानी चौधरी, तुलसीपुर १८ का वडाध्यक्ष माधव वली, तुलसीपुर उपमहानगरपलिकाका पुर्व उपमेयर माया आचार्यले बोल्नुभएको थियो ।

कार्यक्रमको सहजीकरण शाखा अधिकृत राजेन्द्रकुमार शर्माले गर्नुभएको थियो । स्थानीय तहमा पुगेर उच्च अदालत तुलसीपुर र उच्च सरकारी वकिल कार्यालयप्रति स्थानीय खुशी भएको र जान्ने अवसर प्राप्त भएको उच्च अदालत तुलसीपुरका नायब सुब्बा हरि राम्जाले जानकारी दिनुभयो । स्थानीयले समुदायमा यस्ता कार्यक्रम समय समयमा गरिराख्न सुझाव दिएका थिए ।

Advertisements

प्रतिक्रिया दिनुहोस

तपाईको प्रतिक्रया लेख्नुहोस
तपाइको नाम टाइप गर्नुहोस