दाङ, २५ वैशाख । तुलसीपुरमा विकासको माग गर्दै उपमहानगरका मेयर टिकाराम खड्का नेतृत्वको प्रतिनिधिमण्डल प्रदेश अर्थ मन्त्रालय पुगेको छ ।

मेयर खड्काको नेतृत्वमा ६ जना वडा अध्यक्ष लुम्बिनी प्रदेशका अर्थ मन्त्री चेतनारायण आचार्यसँग बजेट माग्न गएका हुन् । मेयर खड्काले सडक,सिचाई , खानेपानी,शिक्षा र खेलकुदमा आवश्यक बजेट विनियोजन गर्न आग्रह गर्नुभयो ।

अर्थमन्त्री आचार्यले आफू तुलसीपुरको विकासमा प्रतिवद्व भएको भन्दै बजेट विनियोजन हुनेमा विस्वस्त हुन आग्रह गर्नुभयो ।

Advertisements

प्रतिक्रिया दिनुहोस

तपाईको प्रतिक्रया लेख्नुहोस
तपाइको नाम टाइप गर्नुहोस