घोराही, ११ जेठ । घोराही उपमहानगरपालिका वडा नं. १६ सर्रास्थित ज्ञानमाला एकेडेमीको स्कूल क्याप्टेनमा अदिती केसी र भाइस क्याप्टेनमा प्रणित रिजाल निर्वाचित हुनु भएको छ ।

शुक्रबार भएको निर्वाचनमा क्याप्टेनका उमेदवार कक्षा ९ कि छात्रा अदिति केसीले १ सय १८ मत प्राप्त गरी निर्वाचित हुनुभएको हो । उहाँका निकटतम प्रतिद्वन्दी कक्षा १० का छात्र दया रोका मगरले ३२ मत प्राप्त गर्नुभएको थियो भने अर्का प्रतिद्वन्दी बेबिका श्रेष्ठले ३ मत प्राप्त गर्नुभएको थियो ।

यसैगरी, विद्यालयको भाइस क्याप्टेनमा कक्षा ८ का छात्र प्रनित रिजालले १ सय १ मत प्राप्त गरि विजयी हुनु भएको छ । रिजालका निकटतम प्रतिद्वन्दी कक्षा ८ कि छात्रा आरती जिसीले २७ मत प्राप्त गर्नुभएको थियो । भाइस क्याप्टेनका अर्का प्रतिष्पर्धी कक्षा ८ कै छात्र एञ्जल भुसालले २५ मत प्राप्त गर्नुभएको थियो ।

विद्यार्थीहरुलाई निर्वाचन प्रक्रियाका बारेमा प्रयोगात्मक शिक्षा प्रदान गर्ने र निर्वाचनको माध्ययमबाट योग्य प्रतिनिधि छान्न सक्ने क्षमताको विकासका लागि निर्वाचन गरिएको विद्यालयकी कार्यक्रम संयोजक बिमला केसीले बताउनु भयो ।

विद्यालयका क्याप्टेन र भाइस क्याप्टेनको छनौटका लागि मतदान प्रक्रियामा कक्षा ४ देखि १० सम्मका विद्यार्थीहरु सहभागी भएका थिए । कूल १ सय ७१ मतदातामध्ये १ सय ५३ मत खसेको निर्वाचन अधिकृत एवम् विद्यालयका प्रिन्सिपल महेश बस्नेतले जानकारी गराउनुभयो ।

Advertisements

प्रतिक्रिया दिनुहोस

तपाईको प्रतिक्रया लेख्नुहोस
तपाइको नाम टाइप गर्नुहोस