तुलसीपुर, १८ जेठ । तुलसीपुर उपमहानगरपालिका वडा नम्बर २ मा बसोबास गर्दै आउनुभएका टीकाराम कडेँलले दुई विद्यालयमा पोशाक वितरण गर्नुभएको छ । तुलसीपुर उपमहानगरपालिका वडा नम्बर २ मा रहेका दुई वटा विद्यालयका १ सय ६ जना विद्यार्थीहरुलाई पोशाक वितरण गर्नुभएको हो ।

वडा नम्बर २ मा रहेको रतननाथ प्राथमिक विद्यालय बालापुरमा रहेका ६० जना र सोही वडामा रहेको भद्रकाली प्राथमिक विद्यालय कुहिरेपानीमा अध्ययरत ४६ जना विद्यार्थीहरुलाई पोशाक वितरण गर्नुभएको हो । नेकपा एमाले तुलसीपुर उपमहानगरपालिका वडा नम्बर २ का वडा कमिटी अध्यक्ष समेत रहेका कडेँलले चाडपर्वलगायतका पर्वमा हुने खर्चलाई जोगाएर बिपन्न समुदायका विद्यार्थीहरुलाई पोशाक वितरण गरेको बताउनुभयो ।

नगरप्रमुख टीकाराम खड्काले दुवै विद्यालयका विद्यार्थीहरुलाई पोशाक वितरण गर्नुभएको थियो । वितरण गर्दै नगरप्रमुख खड्काले सामुदायिक विद्यालयमा विद्यार्थी आकर्षण गर्नका लागि यस्ता कार्य प्रभावकारी हुने बताउनुभयो । वडा नम्बर २ का वडाध्यक्ष भीमबहादुर योगीले विगतमा कक्षा स्थगन गरिएका विद्यालयहरुमा सबै वडावासीको सकारात्मक सहयोगले कक्षा सुरु गरिएको बताउनुभयो ।

पोशाक वितरण गर्दै टीकाराम कडेँलले सामुदायिक विद्यालयमा आगामी वर्षहरुमा विद्यार्थी सङ्ख्या बढाँउदै गए दुवै विद्यालयका सम्पूर्ण विद्यार्थीहरुलाई पोशाक र शैक्षिक सामग्रीको व्यवस्थापन गर्ने प्रतिबद्धता व्यक्त गर्नुभयो ।

Advertisements

प्रतिक्रिया दिनुहोस

तपाईको प्रतिक्रया लेख्नुहोस
तपाइको नाम टाइप गर्नुहोस