काठमाडौं, २२ जेठ । प्रतिनिधिसभा सदस्य मेनकाकुमारी पोख्रेलले एकीकृत गुठी ऐन ल्याएर देशैभरका गुठीपिडितहरुको समस्या दीर्घकालीनरुपमा समाधान गर्न सरकारसँग माग गर्नु भएको छ । संघीय संसदको मंगलबार बसेको बैठकको शून्य समयमा बोल्दै सांसद पोख्रेलले उक्त माग गर्नु भएको हो ।
स्वर्गद्वारी गुठी पीडितलगायत देशैभरका गुठीपिडितले विभिन्न समयमा आन्दोलन गर्दै आएको स्मरण गराउँदै गुठीसम्बन्धी सबै समस्या एकीकृत गुठी ऐन ल्याएर दीर्घकालीनरुपमा  समाधान गर्न सरकारको ध्यानाकर्षण गराउनु भयो ।
सोहि समयमा सांसद पोख्रेलले बैशाख १६ गते दाङको राजपुर गाउँपालिकाको हाडबास गाउँमा लागेको डढेलोका पीडितको सुरक्षित आवासको व्यवस्थापन गर्न समेत सरकारको ध्यानाकर्षण गराउनु भएको छ । उक्त आगलागीबाट २३ घर जलेर नष्ट भएको उल्लेख गर्दै ती अग्नी पीडितको आवासका निम्ति सरकारले समयमै ध्यान पुर्‍याउनुपर्ने बताउनुभयो ।
Advertisements

प्रतिक्रिया दिनुहोस

तपाईको प्रतिक्रया लेख्नुहोस
तपाइको नाम टाइप गर्नुहोस