काठमाडौं, २४ जेठ । प्रतिनिधिसभा सदस्य अस्मा कुमारी चौधरीले चालक अनुमतिपत्र स्मार्ट कार्ड वितरणमा भएको ढिलाइप्रति सरकारको ध्यानाकर्षण गराउनुभएको छ ।
बुधबारको संसद बैठकमा बोल्दै सांसद चौधरीले नवीकरण गर्न दिएको स्मार्ट कार्ड सेवाग्राहीहरुले समयमा नपाउँदा समस्यामा परेको बताउनुभयो । सांसद चौधरीले नवीकरण गर्न दिएको स्मार्ट कार्ड दुई वर्ष नाघिसक्दा समेत यातायात कार्यालयबाट नपाएको उल्लेख गर्नुभयो ।
संसद बैठकको शून्य समयमा बोल्दै उहाँले स्मार्ट कार्ड दिन किन ढिलाइ भइरहेको भनी प्रश्न गर्नुभयो । नवीकरण गर्न दिएको स्मार्ट कार्ड समयमै उपलब्ध गराउन सांसद चौधरीले सभामुख मार्फत नेपाल सरकार, भौतिक पूर्वाधार तथा यातायात मन्त्रालयको ध्यानाकर्षण गराउनु भएको छ । स्मरण रहोस, नवीकरण गर्न वि.सं. २०७८ माघमा दिएका सवारी चालक अनुमतिपत्र, स्मार्ट कार्ड अहिलेसम्म यातायात कार्यालयमा उपलब्ध हुन सकेको छैन ।
Advertisements

प्रतिक्रिया दिनुहोस

तपाईको प्रतिक्रया लेख्नुहोस
तपाइको नाम टाइप गर्नुहोस