दाङ, १७ साउन । नेपाल निजामती कर्मचारी संगठन दाङ देशकै सर्वोत्कृष्ट जिल्लाका रुपमा सम्मानित भएको छ । सहिद मनोज, झपेन्द्र, सुरेन्द्र स्मृति दिवस २०८१ का अवसरमा मंगलबार नेपाल निजामती कर्मचारी संगठन केन्द्रीय समितिद्वारा आयोजित सहिद स्मृति मूल समारोह २०८१ मा सर्वोतत्कृष्ट जिल्लाका रुपमा केन्द्रीय समितिले दाङ जिल्लालाई सम्मानित गरेको हो ।
देशभरका ७७ जिल्ला समिति र २८ वटा विभागहरुमध्ये साङ्गठनिक क्रियाशीलता, रचनात्मक एवं सिर्जनात्मक कार्यक्रमका आधारमा देशकै सर्वोत्कृष्ट जिल्ला घोषणा गरिएको थियो । मंगलबार काठमाठौँमा आयोजित सहिद स्मृति मूल समारोह २०८१ का अवसरमा दाङ जिल्ला अध्यक्ष शेरबहादुर केसीले सर्वोत्कृष्ट जिल्लाको पुरस्कार एवं सम्मान ग्रहण गर्नुभएको हो ।


