दाङ, १६ पुस । होटेल पौवा घोराहीमा अंग्रेजी नयाँ वर्षको पूर्व सन्ध्यामा आज साँझ विशेष सा‌ंस्कृतिक कार्यक्रम हुने भएको छ ।

कार्यक्रममा चर्चित लोकगायक पशुपति शर्मा, एन्जिला रेग्मीलगायतका कलाकारहरु आउने होटेल पौवा घोराहीका म्यानेवर केडी शर्माले बताउनुभयो । नयाँ वर्ष सांगितिक रमझमका साथ सुरुवात गर्न बेलुका ७ बजेदेखि कार्यक्रम आयोजना गरेको उहाँले जानकारी दिनुभयो । कार्यक्रममा विभिन्न सा‌ंस्कृतिक प्रस्तुतिका साथ विभिन्न परिकारहरुको पनि आनन्द लिन सकिने उहाँले बताउनुभयो । कार्यक्रममा सहभागिताका लागि शर्माले सबैलाई आह्वान गर्नुभएको छ ।

प्रतिक्रिया दिनुहोस

तपाईको प्रतिक्रया लेख्नुहोस
तपाइको नाम टाइप गर्नुहोस