दाङ, ५ साउन । दाङमा नेकपा माओवादी पार्टी केन्द्र परित्याग गरेर ३६ जना बढी एमालेमा प्रवेश गरेका छन् । राजपुर गाउँपालिका–२ चप्फा गाउँका ३६ जना बढी नेता कार्यकर्ता माओवादी पार्टी परित्याग गरी एमालेमा प्रवेश गरेका हुन् ।
माओवादीका स्थानीय नेता गुरुप्रसाद विक सहितका नेता कार्यकर्ता एमालेमा प्रवेश गर्दै बलियो कम्प्युनिष्ट पार्टी निर्माणको अभियानमा एकताबद्ध भएको घोषणा गरेका हुन् । नेकपा एमाले केन्द्रीय लेखा आयोग सदस्य तथा लुम्बिनी प्रदेशका संस्थापक प्रदेशसभा सदस्य रेवतीरमण शर्माले खादा, टीका लगाएर पार्टी प्रवेश गराउनुभएको हो ।
सो अवसरमा एमाले दाङका अध्यक्ष शिव कुमार आचार्य, उपाध्यक्ष मनोहर बुढाथोकी, मुक्ति समाजका केन्द्रीय सदस्य निर्मला विक, देउमान दमाई, एमाले नेता रतन केसी, द्रोण पाण्डे, शिवराज गिरी, कुलराज गिरी, हेमकुमार जिसी, मोहन विक, दिलिप खनाल लगायतका नेताहरुको उपस्थिति रहेको थियो ।












