भरत वली
रोल्पा, भदौ ११ । नेपाल नेत्रज्योति संघ आँखा स्वास्थ्य कार्यक्रम राप्ती तथा बहादुरगंज सुलिचौर सर्जिकल आँखा केन्द्रको आयोजना र लमही आँखा अस्पतालको प्राविधिक सहयोगमा रोल्पाका विभिन्न स्थानमा मोतिबिन्दु छनौट तथा शल्यक्रिया शिविर सञ्चालन हुने भएको छ।
संघले जारी गरेको सूचनाअनुसार भदौ ११ गतेदेखि १८ गतेसम्म जिल्लाका विभिन्न गाउँपालिकामा शिविर सञ्चालन हुने कार्यक्रम रहेको छ। शिविरमा आँखाको समस्या भएका बिरामीलाई निःशुल्क परीक्षण तथा औषधि वितरण गरिनेछ।
शिविर तालिका यसप्रकार रहेको छः
-
भदौ ११ गते – सुनछहरी गाउँपालिका–१, सेरम
-
भदौ १२ गते – सुनछहरी गाउँपालिका–५, पोबाङ
-
भदौ १३ गते – लुङ्ग्री गाउँपालिका–३, जुतुङखोला
-
भदौ १४ गते – सुनिलस्मृति गाउँपालिका–१, धुम्पाकी
-
भदौ १५ गते – लुङ्ग्री गाउँपालिका–७, हार्जङ छहरेखुङ
-
भदौ १६ गते – लुङ्ग्री गाउँपालिका–६, गुम्चाल
-
भदौ १७ गते – लुङ्ग्री गाउँपालिका–५, किलाचौर
-
भदौ १८ गते – सुनिलस्मृति गाउँपालिका–५, काभ्रा
शिविर विशेषगरी ४० वर्षभन्दा माथिका उमेर समूहका बिरामीका लागि लाभदायक हुने जनाइएको छ। नाम दर्ता बिहान १० बजेदेखि दिउँसो २ बजेसम्म मात्र खुला रहनेछ।
छनौट भएका बिरामीको शल्यक्रिया आगामी भदौ २० र २१ गते सुलिचौर सर्जिकल आँखा केन्द्रमा प्राध्यापकस्तरका नेत्ररोग विशेषज्ञद्वारा गरिनेछ। अत्याधुनिक Phaco प्रविधि प्रयोग गरी शल्यक्रिया गराएमा ५० प्रतिशत विशेष सहुलियत दरमा हुने र SICS प्रविधि अर्थात् हातबाट हुने शल्यक्रिया भने पूर्ण निःशुल्क हुने जानकारी गराइएको छ।

थप जानकारीका लागि सुलिचौर सर्जिकल आँखा केन्द्र, सुनिलस्मृति–४, रोल्पामा सम्पर्क गर्न सकिने छ (फोनः ०८६–४०१०९४, ९७४२२१५६०८)












