काठमाडौं, ६ चैत । प्रतिनिधि सभा सदस्य मेनका कुमारी पाेख्रेलले अनियमितरुपमा विद्युत अवरुद्ध नगरिदिन आग्रह गर्नुभएकाे छ । बुधबार बसेकाे संसद बैठकमा बाेल्दै सांसद पाेख्रेलले यस्ताे आग्रह गर्नुभएकाे हाे ।

संसद बैठककाे शून्य समयमा बाेल्दै सांसद पाेख्रेलले वार्षिक तथा एसईई परीक्षामा सहभागी हुने सबै विद्यार्थीहरु अध्ययनमा व्यस्त रहने समयमा बिना सुचना विद्युत अवरुद्ध हुने गरेकाे बताउनुभयाे । सांसद पाेख्रेलले बिहान साँझ छिनछिनमै विद्युत जाने समस्याले विद्यार्थीहरुकाे अध्ययनमा समस्या परेकाे उल्लेख गर्नुभयाे । उहाँले विद्यार्थीहरुबाट नै गुनासाे आफुलाई आएकाे बताउँदै विद्युत अवरुद्ध नगरीदिन आग्रह गर्नुभयाे ।

साथै सांसद पाेख्रेलले विद्यार्थीहरुकाे पढाइमा सहज हुनेगरी व्यवस्था गर्न सभामुखमार्फत नेपाल सरकार, उर्जा मन्त्रालय र नेपाल विद्युत प्राधिकरणकाे ध्यानाकर्षण गराउनु भएकाे छ ।

प्रतिक्रिया दिनुहोस

तपाईको प्रतिक्रया लेख्नुहोस
तपाइको नाम टाइप गर्नुहोस