घाेराही, १३ चैत । निजी तथा आवासीय विद्यालय अर्गनाइजेसन नेपाल (प्याब्सन) घाेराही नगर कमिटीकाे आयाेजनामा स्वागत सम्मान तथा प्रअ भेला सम्पन्न भएकाे छ । प्याब्सन घाेराही नगर कमिटीका अध्यक्ष बालकृष्ण ओलीकाे अध्यक्षता एवम् प्याब्सनका पूर्व केन्द्रीय सल्लाहकार नारायण प्रसाद अधिकारीकाे प्रमुख आतिथ्यतामा बुधबार कार्यक्रम सम्पन्न भएकाे थियाे ।
कार्यक्रममा हालै सम्पन्न प्याब्सनकाे राष्ट्रिय महाधिवेशनमा दाङबाट केन्द्रीय सदस्यमा निर्वाचित महेन्द्र अधिकारी र रेशम बहादुर बुढालाई सम्मान गरिएकाे थियाे । यसैगरी कार्यक्रममा दाङबाट प्रतिनिधित्व गरि प्याब्सन लुम्बिनी प्रदेशको उपाध्यक्षमा निर्वाचित अमर सुवेदीलाई पनि सम्मान गरिएकाे थियाे ।
बुधबार नै आयाेजित प्रअकाे भेलाले शैक्षिकसत्र २०८२ का लागि यहि चैत १५ गते पछाडि विद्यालयकाे प्रचारप्रसार गर्न सकिने र विद्यार्थी भर्नाकाे कार्यक्रम बैशाख २ गतेदेखि मात्र गर्नुपर्ने निर्णय गरेकाे छ । भेलाले नगर कमिटीद्वारा प्रस्तुत शैक्षिकसत्र २०८२ का लागि वार्षिक क्यालेन्डरलाई अनुमाेदन गरेकाे छ ।
उक्त कार्यक्रममा प्याब्सनकाे पूर्व केन्द्रीय सल्लाहकार नारायण प्रसाद अधिकारी, निवर्तमान केन्द्रीय सचिव यादव गिरि, नवनिर्वाचित केन्द्रीय सदस्यद्वय महेन्द्र अधिकारी र रेशम बहादुर बुढाले शुभकामना मन्तव्य राख्नुभएको थियाे । यसैगरी, प्याब्सन लुम्बिनी प्रदेशका उपाध्यक्ष अमर सुवेदी, जिल्ला अध्यक्ष निर्मल न्याैपाने लगायतले शुभकामना मन्तव्य राख्नुभएको थियाे ।
प्याब्सन घाेराही नगर कमिटीका उपाध्यक्ष मानसिंह घर्तीकाे स्वागत मन्तव्यबाट सुरु भएकाे कार्यक्रमकाे सहजीकरण नगर सचिव विमल भण्डारीले गर्नुभएकाे थियाे ।












