काठमाण्डौ, १५ चैत । काठमाण्डौमा राजावदी प्रदर्शनको क्रममा एक जनाको मृत्यु भएको गृह मन्त्रालयले जनाएको छ। गृह मन्त्रालयले पत्रकार सम्मेलन गर्दै कीर्तिपुर-४का २९ वर्षीय सविन महर्जनको मृत्यु भएको जनाएको छ।
उनको मृत्युको कारणबारे गृह मन्त्रालयले थप खुलाएको छैन। नेपाल प्रहरीका प्रवक्ताका अनुसार प्रदर्शनका क्रममा १५ जना सर्वसाधारण र केही सुरक्षाकर्मी घाइते भएका छन्। (बिबिसीबाट)












