महेश बस्नेत
घाेराही, ३० चैत । घाेराही उपमहानगरपालिका १५ तारापुञ्ज टाेलमा सञ्चालित नमुना बहुभाषिक शिक्षालयले एकल लाेक नृत्य प्रतियोगिता सम्पन्न गरेकाे छ ।
घाेराही उपमहानगरपालिका स्तरीय एकल लाेक नृत्य प्रतियोगितामा ज्ञानमाला एकेडमीकी छात्रा कृष्टिना बेल्बासे प्रथम भएकीछिन् । घाेराही उपमहानगरपालिका १६ सर्रास्थित ज्ञानमाला एकेडेमीमा कक्षा ३ मा अध्ययनरत छात्रा कृष्टिनाले अन्य प्रतियाेगिलाई उछिन्दै प्रथम स्थान हासिल गरेकी हुन् । यसैगरी रमना पाठशालाकी तमन्ना पुन द्वितीय, ज्ञानमाला एकेडेमीकी उन्नति केसी तृतीय र मनकामना सेकेन्डरी स्कुलकी कृतिका पाैडेल सान्त्वना भएकाछन् ।
बालबालिकाहरुकाे प्रतिभा प्रस्फुटनका साथै उनीहरुलाई प्राेत्साहित गर्ने उद्देश्यले आयाेजना गरिएकाे उक्त प्रतियोगितामा विभिन्न विद्यालयका १० जना प्रतियोगिहरु सहभागी भएका थिए । प्रतियोगितामा प्रथम हुने प्रतियाेगिलाई ३ हजार, द्वितीयलाई २ हजार, तृतीयलाई १ हजार र सान्त्वनालाई ५ सयसहित मेडल र प्रमाणपत्र प्रदान गरिएकाे थियाे । उक्त प्रतियोगिताकाे निर्णायकमा राष्ट्रिय लाेक दाेहाेरी प्रतिष्ठानका केन्द्रीय सदस्य प्रेम शर्मा र जिल्ला अध्यक्ष राजेन्द्र दाहाल रहनुभएकाे थियाे ।
शिक्षालयका अध्यक्ष गणेश कुमार घर्ती मगरकाे अध्यक्षता एवम् प्याब्सन घाेराही नगर कमिटीका अध्यक्ष बालकृष्ण ओलीकाे प्रमुख आतिथ्यतामा आयाेजित कार्यक्रममा शिक्षालयकाे शैक्षिक क्यालेन्डर समेत विमाेचन गरिएकाे थियाे । शिक्षालयका वार्षिक गतिविधहरु समेटिएर प्रकाशन गरिएकाे उक्त शैक्षिक क्यालेन्डरकाे प्रमुख अतिथि ओलीले विमाेचन गर्नुभएको थियाे ।
कार्यक्रममा बाेल्दै प्रमुख अतिथि प्याब्सन घाेराहीका अध्यक्ष बालकृष्ण ओलीले खाली समयमा बालबालिकाहरुलाई सिर्जनात्मक एवम् मनाेरञ्जनात्मक गतिविधिमा समावेश गर्न शिक्षालयले गरेकाे प्रयास सह्रानिय रहेकाे बताउनुभयो । उहाँले प्रतिभा प्रस्फुटन गर्न बालबालिकालाई नमुना बहुभाषिक शिक्षालयले सुनाैलाे अवसर प्रदान गरेकाेप्रति आभार व्यक्त गर्नुभयाे ।
शिक्षालयका प्रिन्सिपल बिष्णु हमालकाे स्वागत मन्तव्यबाट सुरु भएकाे कार्यक्रममा प्याब्सन घाेराही नगर कमिटीका सदस्य एवम् ज्ञानमाला एकेडेमीका प्रिन्सिपल महेश बस्नेत, रमना पाठशालाका भाइस प्रिन्सिपल माेहित बम रसाइलीले मन्तव्य राख्नुभएकाे थियाे । उक्त कार्यक्रमकाे सहजीकरण शिक्षिका सरिता घर्ती मगरले गर्नुभएको थियाे ।
कक्षा २ सम्म सञ्चालनमा आएकाे शिक्षालयले शैक्षिकसत्र २०८२ देखि कक्षा युकेजीदेखि संस्कृत भाषा र कक्षा १ देखि कम्प्युटर विषयलाई अनिवार्य विषय बनाएर अध्यापन गराउँदैछ । शिक्षालयले हरेक कक्षामा बीस जना विद्यार्थीहरुमात्र सिमित गरेर अध्यापन गराउने शिक्षालयका प्रिन्सिपल बिष्णु हमालले जानकारी दिनुभयाे ।

