विमल याेगी
दाङ, ३० चैत्र । नेपाल पत्रकार महासंघ दाङ शाखाले नयाँ बर्ष २०८२ काे अवसरमा शुभकामना आदानप्रदान कार्यक्रम सम्पन्न गरेकाे छ ।

महासंघ दाङ शाखा अध्यक्ष सन्ताेष सुवेदिकाे अध्यक्षता तथा नेपाल पत्रकार महासंघका निवर्तमान केन्द्रीय अध्यक्ष विपुल पाेख्रेलकाे प्रमुख आतिथ्यतामा कार्यक्रम भएको थियाे । कार्यक्रममा बाेल्दै प्रमुख अतिथि पाेख्रेलले पत्रकारमाथि पछिल्लो समयमा थुप्रै चुनाैतीहरु थपिएको भन्दै चुनाैतिहरुकाे सामना गर्न सशक्त पत्रकारिता गर्नुपर्नेमा जाेड दिनुभयाे ।

जिल्ला उपाध्यक्ष ओपेन्द्र बस्नेतकाे स्वागत मन्तव्यबाट सुरू भएकाे कार्यक्रममा बाेल्ने वक्ताहरूले दाङ जिल्लाकाे पत्रकारिता अन्य जिल्लाकाे तुलनामा मर्यादित भएपनि छिटफुट पत्रकारिताका नाममा हुने गलत क्रियाकलापले सबै पत्रकारले दाेष खेप्नु परेकाे बताएका थिए । उनीहरूले पछिल्लो समयमा पत्रकारमाथि भाैतिक आक्रमण तथा पेशाप्रति चुनाैती थपिदै गएकाे भन्दै ती समस्या समाधानका लागि सबै पत्रकारहरु संगठितरूपमा लाग्नुपर्ने धारणा राखेका थिए ।

कार्यक्रममा नेपाल पत्रकार महासंघका केन्द्रीय सदस्य लिला शाह, पत्रकार महासंघ लुम्बिनी प्रदेशका महासचिव पाण्डवप्रसाद शर्मा, नेपाल पत्रकार महासंघका पूर्व केन्द्रीय सदस्य अजयदिप शर्मा, महासंघ दाङ शाखाका सल्लाहकार दुर्गालाल केसी, सुदिप गाैतम, पूर्व अध्यक्ष केवी मसालले शुभकामना मन्तव्य व्यक्त गर्नुभएकाे थियाे । यसैगरी, प्रेस काउन्सिल नेपालका पूर्व बाेर्ड सदस्य शरद अधिकारी, प्रेस युनियनका केन्द्रीय उपमहासचिव सुलाेचना गाैतम, प्रेस चाैतारीका केन्द्रीय सदस्य गणेश आचार्य, नेपाल प्रेस युनियन दाङका अध्यक्ष नारायण खड्का, प्रेस चाैतारी दाङका उपाध्यक्ष विमल याेगी, प्रेस सेन्टर दाङका अध्यक्ष जनक नेपाली र प्रगतिशील पत्रकार संघ दाङका अध्यक्ष महेश रिजालले शुभकामना मन्तव्य व्यक्त गर्नुभएको थियाे ।

कार्यक्रममा नेपाल पत्रकार महासंघ दाङ शाखाकी उपाध्यक्ष नारायणी रजाैरेले धन्यवाद ज्ञापन गर्नुभएको थियाे भने कार्यक्रमकाे सञ्चालन सचिव जेएन सागरले गर्नुभएको थियाे ।

प्रतिक्रिया दिनुहोस

तपाईको प्रतिक्रया लेख्नुहोस
तपाइको नाम टाइप गर्नुहोस