विमल याेगी
दाङ,६ बैशाख । प्रेस चाैतारी दाङ, घाेराही नगर कमिटीकाे अध्यक्षमा महेश बस्नेत निर्वाचित हुनुभएको छ । चाैतारी नगर कमिटिकाे शनिबार घाेराहीमा सम्पन्न दाेश्राे अधिवेशनले बस्नेतकाे अध्यक्षतामा १५ सदस्यीय नगर कमिटि सर्वसम्मत चयन गरेकाे हाे ।
जिल्लाका सबै पालिकामा चाैतारीकाे पालिका कमिटि गठन, पूनर्गठन गर्ने निर्णय अनुसार घाेराहीमा नयाँ कमिटि गठन गरिएको हाे । कमिटिकाे उपाध्यक्षमा अनुप आचार्य, महिला उपाध्यक्षमा हिमानी डिसी, सचिवमा दिपक वली, सहसचिवमा आर.एम. जगित कुसुम्या र काेषाध्यक्षमा नगेन्द्र चाैधरी चयन हुनुभएको छ । यस्तै सदस्यहरूमा सुशिला केसी, कविता वली डिसी, सुवास केसी, हेमराज अधिकारी, विवेक देवकोटा, भेगराज थापा, भरत वली, हेमराज शर्मा र बन्धना न्याैपाने रहनुभएकाे छ ।
नगर कमिटिका संयाेजक महेश बस्नेतकाे अध्यक्षता एवम् प्रेस चाैतारीका निवर्तमान केन्द्रीय उपाध्यक्ष तथा पत्रकार महासंघका केन्द्रीय सचिव सविन प्रियासनकाे प्रमुख आतिथ्यता र प्रेस चाैतारी नेपालका सचिवालय सदस्य तथा लुम्बिनी प्रदेश इञ्चार्ज टीका बस्नेतकाे बिशिष्ट आतिथ्यतामा अधिवेशन सम्पन्न भएकाे हाे ।
अधिवेशनलाई सम्वाेधन गर्दै प्रमुख वक्ता नेकपा एमाले दाङका उपाध्यक्ष एवम् जनसंगठन समन्वय कमिटिका संयाेजक मनाेहर बुढाथाेकीले प्रेस चाैतारीका पत्रकारहरूले पार्टीले गरेका सकारात्मक कामकाे खाेजी गरी व्यापकरूपमा प्रचार प्रसार गर्नुपर्ने बताउनुभयाे । देशमा नेकपा एमालेकाे नेतृत्व र स्थानीय तहमा एमाले विजय हुँदा विकासकाे गतिविधि तिव्ररूपमा भएकाे भन्दै उहाँले नेतृत्वलाई सफल बनाउन सबै क्रियाशील हुनुपर्ने धारणा राख्नुभयाे ।
यस्तै कार्यक्रमका प्रमुख अतिथि चाैतारीका निवर्तमान केन्द्रीय उपाध्यक्ष नेपाल पत्रकार महासंघका केन्द्रीय सचिव सविन प्रियासनले चाैतारी दाङले निर्वाचित भएको छाेटाे समयमा रचनात्मक कार्य गरेकाे भन्दै दाङकाे सिकाे प्रेस चाैतारीकाे केन्द्रीय कमिटिले समेत अनुशरण गर्नुपर्ने बताउनुभयो । उहाँले पालिका कमिटि गठनपछि चाैतारी निकटका पत्रकारहरूले वस्तिवस्तिभित्र रहेका समाचार बाहिर ल्याउन भूमिका खेल्नुपर्ने बताउनुभयाे ।
जिल्ला अध्यक्ष सुधासुमन ढकालकाे स्वागत मन्तव्यबाट सुरू भएकाे अधिवेशनमा सर्वसम्मतबाट निर्वाचित कमिटीको घाेषणा गर्दै अर्का बिशिस्ट अतिथि प्रेस चाैतारीका केन्द्रीय सदस्य तथा लुम्बिनी प्रदेश इञ्चार्ज टीका बस्नेतले चाैतारीलाई जनतासँग सम्पर्क र समन्वय बढाउन पालिका कमिटीको भूमिका महत्त्वपूर्ण हुने भएकाले जिम्मेवार भएर काम गर्न आग्रह गर्नुभयाे ।
कार्यक्रमकाे सञ्चालन नगर उपाध्यक्ष अनुप आचार्यले गर्नुभएकाे थियाे ।












