घोराही, ७ वैशाख । बंगलाचुलि गाउँपालिकामा लामो समयदेखि एम्बुलेन्स सेवा अभावका कारण सेवा पाउन नसकेका स्थानीयवासीहरू आईतबार प्रर्दशनमा उत्रिएका हुन् । स्वास्थ्य हाम्रो अधिकार, एम्बुलेन्स खोइ सरकार ? भन्ने नारासहित गरिएको प्रदर्शनले जनस्वास्थ्य सेवाको पहुँचमा भइरहेको समस्याप्रति सरकारको ध्यानाकर्षण गराइएको छ ।

बंगलाचुलि वातावरण तथा दिगो विकास संरक्षण समितिको आयोजनामा सम्पन्न उक्त कार्यक्रममा स्थानीय युवाहरूको उल्लेखनीय उपस्थिति देखिएको थियो । समितिका अध्यक्ष सुशील परियारले एक वर्षभन्दा बढी समयदेखि एम्बुलेन्स नपाएर सास्ती भोगिरहेका स्थानीयवासीका आवाज बुलन्द पार्न कार्यक्रम गरिएको जानकारी दिनुभयो ।

प्रदर्शनमा सहभागी युवाहरूले बिरामी परेपछि अटो र बस रिजर्भ गरेर घोराहीसम्म पुर्याउनु पर्ने बाध्यता रहेको बताउँदै सडक अवस्थासमेत अत्यन्त जिर्ण भएकाले उपचारमा थप चुनौती भइरहेको गुनासो व्यक्त गरेका थिए । उनीहरुले बंगलाचुलिका जनताका लागि तत्काल एम्बुलेन्स उपलब्ध गराउन माग समेत गरेका छन् र लामो समयदेखि उपेक्षा गरिँदै आएको स्थानीय स्वास्थ्य अधिकारको सम्मान गर्न समेत आग्रह गरेका छन् ।

प्रतिक्रिया दिनुहोस

तपाईको प्रतिक्रया लेख्नुहोस
तपाइको नाम टाइप गर्नुहोस