काठमाडौं । आन्दोलनरत शिक्षक र सरकारबीच ९ बुँदे सहमति भएपछि शिक्षकहरुले आन्दोलित कार्यक्रमहरू फिर्ता लिएका छन् । सहमति मन्त्रिपरिषद्बाट पारित भएसँगै आन्दोलन स्थगित भएको शिक्षामन्त्री रजुजी पन्तले पत्रकार सम्मेलनमार्फत जानकारी गराउनुभयो ।

शिक्षक आन्दोलनको अन्त्यसँगै भोलिदेखि विद्यालयहरूमा नियमित पठनपाठन सुरु हुने र विद्यार्थी भर्ना प्रक्रिया अघि बढाइने मन्त्री पन्तले बताउनुभयो । सरकार र शिक्षकबीचको सहमतिको आधारमा शैक्षिक वातावरण पुनः सामान्य बन्ने अपेक्षा गरिएको छ ।

प्रतिक्रिया दिनुहोस

तपाईको प्रतिक्रया लेख्नुहोस
तपाइको नाम टाइप गर्नुहोस