भालुवाङ १८ वैशाख । प्रेस चौतारी नेपालका केन्द्रीय सदस्य दुर्गालाल केसीले नागरिकहरूलाई सही सूचना प्रदान गर्न अब हरेक स्थानीय तहहरूमा पत्रकार उत्पादन गर्न आवश्यक रहेको बताउनुभएको छ।

बिहीबार दाङको राप्ती गाउँपालिका- ३ मसुरियामा प्रेस चौतारी नेपाल राप्ती गाउँपालिका कमिटीले आयोजना गरेको तीन दिने आधारभूत पत्रकारिता तालिम उद्घाटन समारोहमा बोल्दै केन्द्रीय सदस्य केसीले सो कुरा बताउनु भएको हो । प्रमुख अतिथि समेत रहेका केन्द्रीय सदस्य केसीले राप्ती गाउँपालिका लुम्बिनी प्रदेशको राजधानीको पालिका भएकाले पनि पत्रकारिताको विकास भएमा राजधानी क्षेत्रको गतिविधि मिडियामा जाने बताउनु भयो ।

चाैतारी राप्ती गाउँपालिका कमिटी अध्यक्ष हुमा सुनारको अध्यक्षतामा भएको तालिम उद्घाटन कार्यक्रममा नेकपा एमाले दाङका सदस्य धर्मराज अधिकारी लगायतका वक्ताहरूले शुभकामना मन्तव्य व्यक्त गरेका थिए । सो कार्यक्रममा प्रेस चाैतारी नेपालका निर्वतमान केन्द्रीय सदस्य सन्तोष कुमार गुप्ता, प्रदेश सदस्यहरू वासुदेव न्याैपाने, शान्ता खनाल, दाङ जिल्ला उपाध्यक्ष लक्ष्मी पोख्रेल लगायतको उपस्थिति रहेको थियो । राप्ती गाउँपालिकाका १३ जना प्रशिक्षार्थीहरूको सहभागीता रहेको तालिमको प्रशिक्षकमा प्रेस चौतारी नेपालका केन्द्रीय सदस्य दुर्गालाल केसी, प्रदेश इन्चार्ज टिका बस्नेत, पत्रकार महासंघ लुम्बिनी प्रदेश सदस्य ओमप्रकाश गुप्ता, प्रेस चौतारी नेपालका निर्वतमान केन्द्रीय सदस्य सन्तोष कुमार गुप्ता, प्रदेश सदस्य वासुदेव न्याैपाने लगायत रहनु भएको छ ।

कार्यक्रमकाे सञ्चालन प्रेस चाैतारी नेपालका निर्वतमान लुम्बिनी प्रदेश सदस्य तथा पत्रकार महासंघ लुम्बिनी प्रदेश सदस्य ओमप्रकाश गुप्ताले गर्नु भएको थियो ।

प्रतिक्रिया दिनुहोस

तपाईको प्रतिक्रया लेख्नुहोस
तपाइको नाम टाइप गर्नुहोस