घोराही, १९ वैशाख । कम्प्युटर एसोसिएसन नेपाल (क्यान महासंघ) दाङ शाखाको आयोजनामा बिहीबार राष्ट्रिय सूचना तथा प्रविधि दिवस २०८२ (२०२५) को अवसरमा “सूचना प्रविधिको अभियान, डिजिटल नेपालको निर्माण” विषयक वक्तृत्वकला प्रतियोगिता मेचीकाली आवासीय विद्यालय, घोराहीमा सम्पन्न भएको छ।

क्यान दाङ शाखाका अध्यक्ष धर्म बहादुर के.सी.को अध्यक्षता तथा क्यान महासंघका पूर्व केन्द्रीय उपाध्यक्ष रेशम गिरीको प्रमुख आतिथ्यमा सम्पन्न कार्यक्रममा जिल्लाका ११ विद्यालयका विद्यार्थीहरूले सहभागिता जनाएका थिए।

प्रतियोगितामा दीपशिखा माध्यमिक विद्यालय, घोराहीकी छात्रा तेजस्वी डाँगी प्रथम, गुरुकुल एकेडेमीकी स्वस्तिका ढकाल द्वितीय तथा माउन्ट भ्यु बोर्डिङ स्कुलका प्रज्वल गौतम र ज्ञानमाला एकेडेमी, सर्राकी अदिती के.सी. तृतीय घोषित भएका थिए।

प्रतियोगिताकाे निर्णायक मण्डलमा क्यान महासंघका पूर्व केन्द्रीय सदस्य डा. भीमसेन गिरी, लुम्बिनी प्रदेशका सहसचिव कर्ण बहादुर पुन मगर र प्याब्सन दाङका सचिव आदिम के.सी. रहनुभएकाे थियाे ।

प्रतियोगिताका विजयीहरूलाई नगद पुरस्कारसहित प्रमाणपत्र प्रदान गरिएको थियो — प्रथमलाई रु ३०००, द्वितीयलाई रु २००० र तृतीयलाई रु १००० प्रदान गरिएको थियो। सहभागी सम्पूर्ण विद्यालयलाई पनि सहभागीता प्रमाणपत्र वितरण गरिएको थियो।

कार्यक्रममा क्यान महासंघका केन्द्रीय उपाध्यक्ष रेशम गिरी, डा. भीमसेन गिरी, प्याब्सन दाङका सचिव आदिम के.सी., प्याब्सन घोराहीका अध्यक्ष बालकृष्ण वलीलगायतले मन्तव्य व्यक्त गर्नुुभएकाे थियाे ।

क्यान लुम्बिनी प्रदेशका सहसचिव कर्ण बहादुर पुन मगरले स्वागत मन्तव्यबाट सुरु भएको कार्यक्रममा डा. भीमसेन गिरीले धन्यवाद ज्ञापन गर्नुभएकाे थियाे । कार्यक्रमको सहजीकरण क्यान दाङका जिल्ला सचिव धनेश्वर चौधरीले गर्नुभएकाे थियाे ।

प्रतिक्रिया दिनुहोस

तपाईको प्रतिक्रया लेख्नुहोस
तपाइको नाम टाइप गर्नुहोस