घाेराही, २७ वैशाख । घाेराहीमा सञ्चालित पिरामिड एकेडेमीले घाेराही उपमहानगरपालिका १६ तेराैटेस्थित जेष्ठ नागरिक सराेकार केन्द्रलाई आर्थिक सहयाेग गरेकाे छ । एकेडेमीले शुक्रबारिय अतिरिक्त क्रियाकलाप अन्तर्गत शुक्रबार विद्यार्थीहरुकाे सहभागीतामा सहयाेग हस्तान्तरण गरेकाे थियाे ।

पिरामिड एकेडेमीका अध्यक्ष किशाेरचन्द्र लाेहनीकाे अध्यक्षतामा भएकाे भेटघाट तथा सहयाेग हस्तान्तरण कार्यक्रममा प्रवन्ध निर्देशक नवीन आचार्यले कार्यक्रमकाे उदेश्यमाथि प्रकाश पार्नुभएकाे थियाे । उक्त अवसरमा जेष्ठ नागरिक सराेकार केन्द्रकी प्रमुख हिरा शाहले सहभागी विद्यार्थीहरुलाई सराेकार केन्द्रकाे वस्तुस्थिति र सहयाेगीदाताहरुका बारेमा जानकारी गराउनु भएकाे थियाे ।
एकेडेमीका प्रवन्ध निर्देशक आचार्यका अनुसार विद्यार्थीहरुले आफ्नाे खाजा रकमबाट सञ्चित र एकेडमीले संस्थागतरुपमा उत्तरदायित्व बहन गरि संकलित रकम केन्द्रलाई हस्तान्तरण गरिएकाे थियाे । जेष्ठ नागरिक सराेकार केन्द्रकाे संरक्षणमा रहनुभएका बृद्धबृद्धाहरुसँग भेटघाट तथा भलाकुसारी गर्नुका साथै विद्यार्थीहरुले बृद्धबृद्धाहरुकाे स्वास्थ्य अवस्थाकाे समेत जानकारी लिएका थिए । बृद्धबृद्भाहरुकाे जीवन भाेगाइका अनुभव सुन्दै अभिभावकप्रति सन्तानकाे कर्तव्यकाे गहन शिक्षा प्राप्त गरेकाे विद्यार्थीहरुले बताएका थिए ।
स्थापनाकाे छाेटाे समयमै एकेडेमीले सिर्जनात्मक गतिविधिसँगै मानव सेवाका क्षेत्रमा विद्यार्थीहरुलाई उल्लेख्य सहभागीता गराउँदै आएकाे छ ।
पिरामिड एकेडेमीका कार्यालय प्रमुख सिताश्मा लम्सालकाे स्वागत मन्तव्यबाट सुरु भएकाे कार्यक्रमकाे सञ्चालन सूचना तथा प्रबिधि प्रमुख हेमन्त पाेख्रेलले गर्नुभएकाे थियाे ।












