घाेराही, ३० वैशाख । पिरामिड एकेडेमीले नव आगन्तुक विद्यार्थीहरुलाई स्वागत गरेकाे छ । घाेराहीकाे तुलसीपुर चाेकमा सञ्चालित एकेडेमीले नव आगन्तुक विद्यार्थीहरुलाई घाेराही १८ घाेरदाैरामा एक कार्यक्रम गरि स्वागत गरेकाे प्रवन्ध निर्देशक नवीन आचार्यले जानकारी दिनुभयाे ।

एकेडेमीका अध्यक्ष किशाेरचन्द्र लाेहनीकाे अध्यक्षतामा भएकाे स्वागत कार्यक्रममा विद्यालयका प्रवन्ध निर्देशक आचार्यले एकेडेमीका बारेमा नव आगन्तुक विद्यार्थीहरुलाई जानकारी गराउनु भएकाे थियाे । उक्त अवसरमा विद्यार्थीहरुलाई अतिरिक्त क्रियाकलाप अन्तर्गत हाइकिङ गराइएकाे थियाे ।

एकेडेमीका मानव स्राेत निर्देशक संगित अधिकारीकाे स्वागत मन्तव्यबाट सुरु भएकाे कार्यक्रमकाे सहजीकरण विद्यार्थी करुणा केसीले गर्नुभएकाे थियाे ।

प्रतिक्रिया दिनुहोस

तपाईको प्रतिक्रया लेख्नुहोस
तपाइको नाम टाइप गर्नुहोस