घाेराही, १ जेठ । त्रिभुवननगर जेसीजकाे ४० औं स्थापना दिवसका अवसरमा आयाेजित माविस्तरीय दुर्गा नारायण वक्तृत्वकला प्रतियोगिता २०२५ काे छनाैट चरण बिहीबार सम्पन्न भएकाे छ ।

जेसीज सचिवालयमा आयाेजित प्रतियोगितामा बीस विद्यालयका बीस जना प्रतियाेगिले प्रतिस्पर्धा गरेका थिए । उक्त छनाैट चरणकाे प्रतियोगिताबाट फाइनल चरणका लागि ७ जना प्रतियाेगिहरु छानिएका छन् । छनाैट चरणबाट फाइनल चरणमा छनाैट भएका प्रतियाेगिहरुमा दीपशिखा आमाविका तेजस्वी डाँगी, गुरुकुल एकेडेमीका यशु बुढाथोकी, जनज्योति विद्यामन्दिरका शक्तिम सुवेदी रहेकाछन् । यसैगरी फाइनल चरणमा प्रवेश गर्नेहरुमा सिद्धार्थ एकेडेमीका अंशु पाैडेल, मनकामना इङ्लिस सेकेन्डरी स्कुलका सविना खातुन, गाेर्खा आमाविका प्रिन्सिका पाेख्रेल र ज्ञानमाला एकेडेमीका अदिती केसी रहेकाछन् । फाइनल चरणकाे प्रतियोगिता जेठ २ गते शुक्रबार बिहान ११ बजे हुने अध्यक्ष टंक बहादुर रावत (अनन्त)ले जानकारी दिनुभयाे ।

त्रिभुवननगर जेसीज वर्ष २०२५ का अध्यक्ष टंक बहादुर रावत (अनन्त)काे अध्यक्षतामा भएकाे प्रतियोगिताका निर्णायकहरुमा किशाेरचन्द्र गाैतम, डा. संगिता राई र सुशील प्रकाश आचार्य रहनुभएकाे छ । कार्यक्रम संयाेजक जेसी गणेश वलीकाे स्वागत मन्तव्यबाट सुरु भएकाे कार्यक्रममा उपाध्यक्ष जेसी अभिषेक बाेहराले जेसीज आस्था पाठ र अर्का उपाध्यक्ष जेसी महेश बस्नेतले जेसीजकाे मिसन र भिजन वाचन गर्नुभएकाे थियाे । उक्त कार्यक्रमकाे सहजीकरण महासचिव कृष्णदेव थापाले गर्नुभएकाे थियाे ।

प्रतिक्रिया दिनुहोस

तपाईको प्रतिक्रया लेख्नुहोस
तपाइको नाम टाइप गर्नुहोस