महेश बस्नेत
घाेराही, २ जेठ । त्रिभुवननगर जेसीजले आफ्नाे ४० औं स्थापना दिवस भव्यरुपमा मनाएकाे छ ।
त्रिभुवननगर जेसीजका अध्यक्ष टंक बहादुर रावतकाे अध्यक्षता एवम् नेपाल जेसीजका राष्ट्रिय कार्यकारिणी उपाध्यक्ष कृष्ण सापकोटाकाे प्रमुख आतिथ्यतामा आयाेजित स्थापना दिवसमा त्रिभुवननगर जेसीजका संस्थापकहरुलाई सम्मान गरिएकाे थियाे । सम्मानित हुनुहुनेमा संस्थापक कार्यकारिणी उपाध्यक्ष देवी बहादुर डिसी, उपाध्यक्ष किशाेर कुमार शर्मा, सदस्यहरु हरिभक्त भण्डारी, लिलाधर शर्मा, पुरुषाेत्तम खनाल, गाेपाल बहादुर रावत, भुपाल याेगी र कृष्णप्रसाद लम्साल रहनुभएकाे थियाे ।
कार्यक्रम संयाेजक मिनराज भाटकाे स्वागत मन्तव्य, उपाध्यक्ष महेश बस्नेतकाे जेसीज आस्था पाठ र उपाध्यक्ष अभिषेक बाेहराकाे मिसन भिजन प्रस्तुतिबाट सुरु भएकाे कार्यक्रममा हालै दिवङ्गत हुनुभएका पूर्व अध्यक्ष ध्रुवराज श्रेष्ठप्रति श्रद्धास्वरुप एक मिनेट माैन धारण गरिएकाे थियाे ।
स्थापना दिवसका अवसरमा विशिष्ट अतिथि निरुपित राष्ट्रिय उपाध्यक्ष मणिप्रसाद अर्याल, वडा नं. १५ का अध्यक्ष रमेश कुमार पाण्डे, नेपाल पत्रकार महासंघका केन्द्रीय सचिव सविन प्रियाशन, प्याब्सन दाङका अध्यक्ष निर्मल न्याैपानेले शुभकामना मन्तव्य राख्नुभएकाे थियाे । यसैगरी, संघसंस्थाका तर्फबाट दाङ उद्योग वाणिज्य संघका अध्यक्ष वसन्त जाेशी, मातृशाखाका तर्फबाट दाङ महिला जेसीजका अध्यक्ष अनिता ढकाल, संस्थापकहरुबाट संस्थापक सदस्य गाेपाल बहादुर रावत र पूर्व अध्यक्षका तर्फबाट ऋषिराज जंगलीले शुभकामना मन्तव्य राख्नुभएको थियाे ।
उक्त कार्यक्रमकाे सहजीकरण महासचिव कृष्णदेव थापाले गर्नुभएकाे थियाे ।
दुर्गा नारायण वक्तृत्वकलाकाे विजेता अंशु पाैडेल
त्रिभुवननगर जेसीजकाे ४० औं स्थापना दिवसका अवसरमा आयाेजित वक्तृत्वकला प्रतियोगिताकाे विजेता सिद्धार्थ एकेडेमीका अंशु पाैडेल भएकीछिन् । छनाैट चरणका बीस प्रतिस्पर्धीहरुबाट उत्कृष्ट सातमा परेकी अंशुले शुक्रबार भएकाे फाइनल चरणका अन्य छ प्रतिस्पर्धीलाई उछिन्दै प्रथम भएकी हुन् ।
उक्त प्रतियोगितामा गुरुकुल एकेडेमीका यशु बुढाथाेकी द्वितीय र मनकामना इङ्लिस सेकेन्डरी स्कुलका सविना खातुन तृतीय भएका थिए । विजेतालाई पुरस्कार राशी, प्रमाणपत्र र ट्रफी प्रदान गरिएकाे थियाे ।
त्रिभुवननगर जेसीजले हरेक वर्ष स्थापना दिवसका अवसरमा माविस्तरीय दुर्गा नारायण वक्तृत्वकला प्रतियोगिता सञ्चालन गर्दै आइरहेकाे छ ।

