घाेराही, ३ बैशाख । अखिल नेपाल महिला संघकी केन्द्रीय सदस्य तुलसा केसीले महिलाहरुकाे अधिकार सुनिश्चितताका लागि तेत्तीस प्रतिशत नभइ पचास प्रतिशत महिलाकाे प्रतिनिधित्व हुनुपर्ने बताउनुभयाे ।

अखिल नेपाल महिला संघ घाेराही उपमहानगरपालिका वडा नं. ८ काे वडा अधिवेशनकाे उद्घाटन गर्दै केसीले यस्ताे बताउनुभएको हाे । अधिवेशनकी प्रमुख अतिथि समेत रहनुभएकी केन्द्रीय सदस्य केसीले राज्यका हरेक तह र तप्कामा महिलाहरुकाे प्रतिनिधित्व भएमात्र राष्ट्रलाई सहि दिशानिर्देश गर्न सकिने बताउनुभयाे । हरेक क्षेत्रमा महिलाहरुकाे प्रतिनिधित्वका लागि आम महिलाहरुकाे सक्रिय सहभागीता अपरिहार्य रहेकाे बताउनुभयाे ।

अनेमसंघ वडा नं. ८ की अध्यक्ष मिना चाैधरीकाे अध्यक्षतामा आयाेजित अधिवेशनकाे उद्घाटन सत्रमा अनेमसंघ दाङकी पूर्व अध्यक्ष हिरा पुन, घाेराही नगर इन्चार्ज तारा पुरी, नगर अध्यक्ष माया रावत, नेकपा एमाले घाेराही नगर सहसचिव रेखा वली, वडा नं. ८ का इन्चार्ज वसन्त बस्नेतलगायतले अधिवेशन सफलताको शुभकामना व्यक्त गर्नुभएकाे थियाे ।

अधिवेशनकाे बन्द सत्रले मिना चाैधरीकाे अध्यक्षतामा २१ सदस्यीय अनेमसंघ घाेराही ८ कमिटी निर्वाचित गरेकाे छ । कमिटीका उपाध्यक्षमा छवी चाैधरी, सचिवमा पार्वती बिक, उपसचिवमा द्वय तिला चाैधरी र पुजना याेगी निर्वाचित हुनुभएकाे छ ।

अनेमसंघ वडा नं. ८ की उपाध्यक्ष छवी चाैधरीकाे स्वागत मन्तव्यबाट सुरुभएकाे अधिवेशनकाे सहजीकरण नगर सचिव तुल्सा केसीले गर्नुभएकाे थियाे । उक्त अवसरमा नेकपा एमालेका तत्कालीन महासचिव मदन भण्डारी र संगठन विभाग प्रमुख जिवराज आश्रितप्रति श्रद्धासुमन व्यक्त गर्दै मदन-आश्रित स्मृति दिवस पनि मनाइएकाे नगर इन्चार्ज तारा पुरीले जानकारी दिनुभयाे ।

प्रतिक्रिया दिनुहोस

तपाईको प्रतिक्रया लेख्नुहोस
तपाइको नाम टाइप गर्नुहोस