विमल भण्डारी
घोराही, ३ बैशाख । घोराही उपमहानगरपालिका १७ गुलरियामा अवस्थित मदन भण्डारी मेमोरियल स्कुलले जननेता मदन भण्डारीको ३२ औं स्मृति दिवस मनाएको छ । विद्यालयले घोराही उपमहानगरपालिका वडा नम्बर १७ मा रहेका विद्यालयहरुका बिचमा हाजिरीजवाफ प्रतियोगिता आयोजना गरी स्मृति दिवस मनाएको हो ।

विद्यालय व्यवस्थापन समितिका अध्यक्ष नवराज अधिकारीको अध्यक्षता एवम् घोराही उपमहानगरपालिकाका शिक्षा संयोजक राममणि पाण्डेको प्रमुख आतिथ्यतामा प्रतियोगिता भएको थियो । कक्षा १ देखि ५ सम्म र कक्षा ६ देखि १० सम्म अध्ययनरत विद्यार्थीहरुवीच दुई तहको प्रतियोगिता सञ्चालन गरिएको थियो ।

वडाका ७ ओटा विद्यालयहरुको सहभागिता रहेको उक्त प्रतियोगिताको दुवै तहमा ज्ञानोदय सेकेन्डरी बोर्डिङ स्कुल प्रथम र नेपाल पुलिस स्कुल द्वितीय भएका थिए। कक्षा १ देखि ५ सम्म भएको प्रतियोगितामा ज्ञानोदय सेकेण्डरी बोर्डिङ स्कुलका बिधान सुवेदी, अनुज चौधरी र सृष्टी थापाको समुह प्रथम, नेपाल पुलिस स्कुलका अविमानजंग केसी, दिपक विक र करिष्मा डाँगीको समुह द्वितीय र मनकामना इङ्लिस स्कुलका अकित डाँगी, आक्ति नेपाली र शिक्षा घर्तीको समुह तृतीय भएका थिए ।

यसैगरी कक्षा ६ देखि १० सम्मका विद्यार्थीहरुबिच भएको हाजिरीजवाफ प्रतियोगितामा ज्ञानोदय सेकेण्डरी बोर्डिङ स्कुलक रोशन पोखेल, सुमिना दाहाल र विमोचन सुबेदीको समुह प्रथम, नेपाल पुलिस स्कुलका सुरज राणा, मेधावी बुढाथोकी र पुजा पाण्डेको समुह द्वितीय र मदन भण्डारी मेमोरियल स्कुलका विपिन चौधरी, दिप्सन अधिकारी र वर्षा रानाको समुह तृतीय भएका थिए । प्रतियागिताको क्विज मास्टरमा शिक्षकद्वय पवन योगी र अनिता घर्ती रहनुभएको थियो ।

विद्यालयका सहायक प्राचार्य तारा चौधरीको स्वागत मन्तव्यबाट सुरु भएको कार्यक्रमका प्रमुख अतिथि पाण्डेले मदन भण्डारीको व्यक्तित्व र जीवनीमाथि चर्चा गर्नुभएको थियो । कार्यक्रमका अर्का अतिथि वडा नम्वर १७ का वडा सदस्य भद्रवीर चौधरीले उपस्थित सम्पुर्ण विद्यार्थीहरुलाई मदन भण्डारी जस्तै निडर नेतृत्व निर्माण गर्न उत्प्रेरणा दिनुभएको थियो । कार्यक्रममा साहित्यकार सुर्य बिसीले शुभकामना मन्तव्य राख्नुभएको थियो ।

उक्त कार्यक्रमको सञ्चालन विद्यालयका प्रिन्सिपल विमल भण्डारीले गर्नुभएको थियो ।

 

प्रतिक्रिया दिनुहोस

तपाईको प्रतिक्रया लेख्नुहोस
तपाइको नाम टाइप गर्नुहोस