घाेराही, ९ जेठ । घाेराही उपमहानगरपालिका १६ सर्रास्थित ज्ञानमाला एकेडेमीमा विभिन्न प्रतियाेगिताहरु सम्पन्न भएका छन् ।

विद्यालयकाे शुक्रबारिय अतिरिक्त क्रियाकलाप अन्तर्गत कक्षा ७ देखि १० सम्मका विद्यार्थीहरुकाे खुला कविता प्रतियोगितामा अदिति केसी प्रथम, स्मारिका चाैधरी द्वितीय र श्रृया पुन तृतीय भएका छन् । यसैगरी कक्षा ४ देखि ६ सम्मकाे उक्त प्रतियोगितामा शिखा पाेख्रेल प्रथम, उन्नति केसी द्वितीय र कृतिका केसी तृतीय भएका छन् । कक्षा १ देखि ३ सम्मकाे हिज्जे प्रतियोगितामा अनिशा रकाल, आदर्श बुढा मगर र रितिक पाण्डेकाे समूह प्रथम र यूनिका चाैधरी, रिदम चाैधरी र निग्रानी थापाकाे समूह द्वितीय भएका छन् ।

यसैगरी पूर्व-प्राथमिक तह अन्तर्गत आयाेजित ताताे आलु प्रतियोगितामा कक्षा युकेजीतर्फ आरुश विक प्रथम, चित्र झाँक्री मगर द्वितीय, गाैतम महर तृतीय भएका छन् । कक्षा एलकेजीतर्फ कृश रावत प्रथम, प्राप्ति डिसी द्वितीय र आयङ्का बिष्ट तृतीय भएका छन् ।

सदन कप्तान र उपकप्तान निर्वाचित

ज्ञानमाला एकेडेमीमा सदन कप्तान र उपकप्तानकाे निर्वाचन सम्पन्न भएकाे छ । शुक्रबार भएकाे निर्वाचनमा सगरमाथा सदनकाे कप्तानमा कृश बुढा मगर र उपकप्तानमा उन्नति केसी निर्वाचित भएका छन् । यसैगरी कञ्चनजङ्घा सदनकाे कप्तानमा विशाल सुनार र उपकप्तानमा चेतना आचार्य निर्वाचित भएका छन् ।

अन्नपूर्ण सदनकाे कप्तानमा शिक्षा विक र उपकप्तानमा जेम्स बिष्ट निर्वाचित भएका छन् भने धाैलागिरी सदनकाे कप्तानमा समीर सार्की र उपकप्तानमा प्रिजु विक निर्वाचित भएका छन् । विद्यालयकाे कप्तान र उपकप्तानमा यस अघि नै क्रमश: प्रनित रिजाल र अस्मिता चाैधरी निर्वाचित भइसकेका थिए ।

प्रतिक्रिया दिनुहोस

तपाईको प्रतिक्रया लेख्नुहोस
तपाइको नाम टाइप गर्नुहोस