महेश बस्नेत
घाेराही, १० जेठ । निजी तथा आवासीय विद्यालय अर्गनाइजेसन नेपाल (प्याब्सन) घाेराही नगर कमिटीद्वारा आयाेजित चित्रकला प्रतियोगितामा जनज्योति विद्यामन्दिरका ग्रीष्म लम्साल प्रथम भएका छन् ।

शनिवार आयाेजित कक्षा ४ र ५ काे उक्त चित्रकला प्रतियोगितामा गाेर्खा इन्टरनेशनल पब्लिक सेकेन्डरी स्कुलका आर्यन धामी द्वितीय भएका छन् । यसैगरी मदन भण्डारी मेमोरियल स्कुलका प्रिन्सा बुढा मगर तृतीय र अल्फा आवासीय माध्यामिक विद्यालयका अप्सन डाँगी सान्त्वना भएका छन् ।

साेही दिन कक्षा १ देखि ३ सम्म भएकाे हिज्जे प्रतियोगितामा ज्ञानसिन्धु माध्यमिक विद्यालयका सायन पाैडेल, सुयस्ता रेग्मी र रियान्श केसीकाे समूह प्रथम भएकाे छ । यसैगरी  दीपशिखा आवासीय माध्यमिक विद्यालयका समज्ञा घिमिरे, सम्पन्न रेग्मी र पुर्णजंग खत्रीकाे समुह द्वितीय भएकाे छ । उक्त प्रतियोगितामा गाेर्खा इन्टरनेशनल पब्लिक सेकेन्डरी स्कुलका प्राप्ति गुरुङ, गेयुङ घर्ती मगर र युबिका राेका तृतीय भएका छन् भने गुरुकुल एकेडेमीका आर्शु डिसी, आध्या रावत र सुयाेग ओली सान्त्वना भएका छन् ।

प्याब्सन घाेराही नगर कमिटीका अध्यक्ष बालकृष्ण ओलीकाे अध्यक्षता एवम् घाेराही उपमहानगरपालिकाका सामाजिक विकास संयाेजक राममणी पाण्डेकाे प्रमुख आतिथ्यतामा भएकाे उक्त प्रतियोगिताका विजेताहरुलाई ट्रफी, मेडल, नगद राशी र प्रमाणपत्र प्रदान गरिएकाे थियाे ।
प्रतियोगिताकाे उद्घाटन समाराेहमा बाेल्दै प्रमुख अतिथि पाण्डेले विद्यार्थीहरुकाे प्रतिभा प्रस्फुटन र क्षमता विकासका लागि अतिरिक्त क्रियाकलापमा जाेड दिनैपर्ने बताउनुभयाे । प्याब्सन घाेराहीले वार्षिक तालिकाअनुसार सञ्चालन गर्ने प्रतियोगिताहरुले शैक्षिक विकासका साथै विद्यार्थीहरुलाई प्राेत्साहित गरेकाे बताउनुभयाे । उहाँले घाेराही उपमहानगरपालिका प्याब्सन घाेराहीसँग सहकार्य गर्दै अगाडि बढ्ने प्रतिबद्धता व्यक्त गर्नुभयाे ।

प्याब्सन घाेराहीका उपाध्यक्ष मानसिङ घर्तीकाे स्वागत मन्तव्यबाट सुरु भएकाे कार्यक्रममा प्याब्सन दाङका अध्यक्ष निर्मल न्याैपाने, प्याब्सन घाेराहीका प्रमुख सल्लाहकार विरेन्द्र चन्दले शुभकामना मन्तव्य व्यक्त गर्नुभएकाे थियाे । उक्त कार्यक्रमकाे सञ्चालन प्याब्सन घाेराहीका सचिव विमल भण्डारीले गर्नुभएकाे थियाे ।

मेचीकाली सेकेन्डरी बाेर्डिङ स्कुल रतनपुरमा भएकाे उक्त प्रतियोगितामा घाेराही उपमहानगरपालिकाभित्रका पचास विद्यालयहरुकाे सहभागीता रहेकाे थियाे ।

प्याब्सन घाेराहीकाे वार्षिक क्यालेन्डर विमाेचन


प्याब्सन घाेराहीले शैक्षिक सत्र २०८२ का लागि प्रकाशन गरेकाे वार्षिक क्यालेन्डर विमाेचन गरेकाे छ । प्याब्सन घाेराहीले आयाेजना गरेकाे प्राथमिक तहकाे चित्रकला र हिज्जे प्रतियोगिताकाे उद्घाटन सत्रमा क्यालेन्डर विमाेचन गरिएकाे थियाे ।

उक्त क्यालेन्डरकाे विमाेचन घाेराही उपमहानगरपालिकाका सामाजिक विकास संयाेजक राममणी पाण्डे, प्याब्सन दाङका अध्यक्ष निर्मल न्याैपाने, वरिष्ठ उपाध्यक्ष विरेन्द्र चन्द, सचिव आदिम केसी, सहकाेषाध्यक्ष विमल अधिकारी लगायतले संयुक्तरुपमा विमाेचन गर्नुभएकाे थियाे । प्याब्सन घाेराहीले शैक्षिकसत्र २०८२ मा सञ्चालन गर्ने विभिन्न कार्यक्रम र प्रतियोगिताहरु समेटिएको टेबल क्यालेन्डर प्रकाशन गरेकाे छ ।

प्रतिक्रिया दिनुहोस

तपाईको प्रतिक्रया लेख्नुहोस
तपाइको नाम टाइप गर्नुहोस