बिमला केसी
घाेराही, १६ जेठ। घाेराही १६ सर्रास्थित ज्ञानमाला एकेडेमीमा सिर्जनशील बाल क्लब र किशोरी क्लब पुनर्गठन गरिएको छ।
सिर्जनशील बाल क्लबका अध्यक्ष स्मारिका चौधरीको अध्यक्षता एवम् जिल्ला बाल संगठन दाङका अध्यक्ष विनोद केसीको प्रमुख आतिथ्यतामा क्लबहरु पुनर्गठन गरिएको हो।
पुनर्गठित क्लबकाे अध्यक्षमा अदिति केसी निर्वाचित हुनुभएको छ। जसको उपाध्यक्षमा एन्जल भुसाल, सचिवमा सुदिक्षा ओली, उप-सचिवमा राहुल चौधरी, कोषाध्यक्षमा शिखा पोख्रेल र सह-कोषाध्यक्षमा निर्जल डाँगी निर्वाचित हुनुभएकाे छ। क्लबको सदस्यहरुमा झरना बोहोरा, युवराज चौधरी, विमल पुन, प्रविण सार्की, निकित पुन, कृतिका केसी र मन्जिसा वली रहनुभएकाे छ।

कार्यक्रमकाे उद्घाटन सत्रमा प्रमुख अतिथि केसीले विद्यालयमा बाल क्लब गठन हुन जरुरी रहेको उल्लेख गर्नुभयाे। उहाँले भन्नुभयाे, ‘बाल क्लबले विद्यालयमा विद्यार्थीका समस्या, गुनासाहरुलाई प्रशासन समक्ष पुर्याउन महत्वपूर्ण भूमिका खेल्नुपर्छ्। साथै विद्यार्थीको क्षमता बढाउन, विद्यार्थीका अन्तर्निहित प्रतिभाहरुलाई बाहिर ल्याउन क्लबको तर्फबाट भुमिका खेल्न जरूरी छ। विद्यालयका अतिरिक्त क्रियाकलापमा विद्यार्थीहरुकाे सक्रिय सहभागीताका लागि बाल क्लबले अग्रणी भुमिका खेल्न जरुरी छ।’
सिर्जनशील बाल क्लबकी सह-सचिब शान्ती नेपालीको स्वागत मन्तब्यबाट सुरु भएको कार्यक्रमको सहजिकरण अदिति केसीले गर्नुभएकाे थियाे।
यसैगरी विद्यालयमा शुक्रबार किशोरी क्लबको पनि पुनर्गठन गरिएकाे छ। करिना जिसीको अध्यक्षतामा ११ सदस्यिय किशोरी क्लब गठन गरिएको छ। जसको उपाध्यक्षमा बालिका बस्नेत, सचिवमा शान्ती नेपाली, उप-सचिवमा पूर्णिमा गिरी, कोषाध्यक्षमा शिखा चौधरी, सह-कोषाध्यक्षमा एन्जिला बुढा रहनुभएकाे छ। यस्तै सदस्यहरुमा जसिका डाँगी, इसा बस्नेत, आरध्या गिरी, सदिक्षा भण्डारी र इच्छा थापा रहनुभएकाे छ।












