घाेराही, १६ जेठ । लैङ्गिक आधारमा हुने विभेदका विरुद्धको सचेतना कार्यक्रम घाेराही १६ सर्रास्थित ज्ञानमाला एकेडेमीमा सम्पन्न भएकाे छ ।

विद्यालयको शुक्रबारीय अतिरिक्त क्रियाकलाप अन्तर्गत आयाेजित सचेतना कार्यक्रममा कक्षा ६ देखि १० सम्मका विद्यार्थीहरुलाई प्रशिक्षित गरिएकाे थियाे । कार्यक्रमका प्रशिक्षक दुर्गालाल केसीले लैङ्गिकता, लैङ्गिकताका प्रकार, लैङ्गिक हिंसा र लैङ्गिक हिंसाका किसिमका बारेमा प्रशिक्षण दिनुभएको थियाे ।

प्रशिक्षक केसीले लैङ्गिकताका आधारमा कसैप्रति शारीरिक, मानसिक तथा भावनात्मक विभेद गर्न नहुने बताउनुभयाे । उहाँले लैङ्गिकताका आधारमा हुने विभेदले मानिसकाे आत्म-सम्मान, अधिकार र स्वतन्त्रतालाई कुण्ठित गर्ने भएकाले सबै संयमित हुनुपर्ने बताउनुभयो ।

लाेकगीत प्रतियोगिता सम्पन्न

यसैगरी, ज्ञानमाला एकेडेमीमा शुक्रबारिय अतिरिक्त क्रियाकलाप अन्तर्गत लोकगीत प्रतियोगिता सम्पन्न भएको छ। कक्षा ४ र ५ बिचको प्रतिस्पर्धामा कक्षा ४ की कविता राना प्रथम, साेही कक्षाकी कृष्टिना बेलबासे द्वितीय र कक्षा ५ की दिक्षा नेपाली तृतीय भएकाछन्।

यसैगरी कक्षा १ र ३ सम्मको प्रतिस्पर्धामा कक्षा २ की श्रृशा योगी प्रथम, कक्षा २ कि अनिशा रकाल द्वितीय र कक्षा १ का रिदम योगी तृतीय भएकाछन्। प्रतियोगिताकाे निर्णायकमा शिक्षिकाहरु मिना याेगी, सम्झना याेगी र टीका भण्डारी रहनुभएकाे थियाे।

उक्त खुल्ला लाेकगीत प्रतियोगितामा ५० जना प्रतियाेगिहरुले प्रतिस्पर्धा गरेका थिए । प्रतियोगिताका विजयी विद्यार्थीहरुलाई पुरस्कार वितरण समेत गरिएको थियो। कार्यक्रमको सहजीकरण शिक्षिका किशु खड्‌काले गर्नुभएको थियो ।

प्रतिक्रिया दिनुहोस

तपाईको प्रतिक्रया लेख्नुहोस
तपाइको नाम टाइप गर्नुहोस