काठमाडौँ, १९ जेठ । आईसीसी क्रिकेट विश्वकप लिग–२ अन्तर्गत स्कटल्यान्डसँगको खेलमा नेपालले टस जितेर पहिला बलिङ गर्ने निर्णय गरेको छ। स्कटल्यान्डको फोर्थहिल क्रिकेट मैदानमा नेपालका कप्तान रोहितकुमार पौडेलले टस जितेपछि बलिङ रोजेका हुन्।

लिग–२ अन्तर्गत घरेलु टोली स्कटल्यान्ड, नेपाल र नेदरल्यान्ड्स सहभागी त्रिदेशीय एकदिवसीय अन्तर्राष्ट्रिय क्रिकेट शृङ्खला आजदेखि सुरु भएको छ। लिग–२ को दोस्रो खेलमा नेपालले पर्सि बुधवार नेदरल्यान्ड्ससँग खेल्नेछ। त्यस्तै, नेपालले आउँदो आइतवार पुनः स्कटल्यान्डसँग र मङ्गलवार नेदरल्यान्ड्ससँग खेल्ने तालिका तय छ।

हाल लिग–२ को तालिकामा नेपाल १२ खेलमा ६ अंकसहित पुछारमा छ। नेदरल्यान्ड्स दोस्रो र स्कटल्यान्ड चौथो स्थानमा रहेको छ भने अमेरिका शीर्ष स्थानमा छ।

लिग–२ को शीर्ष ४ टोली विश्वकपको ग्लोबल छनोटमा सिधै पुग्नेछन् भने पुछारमा रहने ४ टोलीले विश्वकप छनोट प्लेअफ खेल्नुपर्ने हुन्छ।

प्रतिक्रिया दिनुहोस

तपाईको प्रतिक्रया लेख्नुहोस
तपाइको नाम टाइप गर्नुहोस